|
|
|
|
पानी पर्ने वित्तिकै वाटो माथिवाट पहिरो झर्ने र सडकमा पानी जम्मा हुँदा सडक असहज वन्ने गरेको छ । २८ किलोमिटरको उक्त सडकखण्डमा पानी पर्ने वित्तिकै ठाँउठाँउमा झर्ने पहिरोका कारण गाडीहरु विचमै रोकिने गरेका छन ।
दाङबाट रोल्पाका होलेरी हुदै रुकुम, सदरमुकाम लिवाङ, जिल्लाका माथिल्ला भेग र प्यूठानको स्वर्गद्धारी जाने सवारीसाधन सहज रुपले सन्चालन हुन सक्ने अवस्था छैन ।
2वाटोका बिच विचमा परेका खाल्डा खुल्डीमा वर्षातको पानी र पहिरोको माटो जम्मा भएपछि कच्ची सडकमा दुर्घटनाको जोखिम वढेको सवारी चालकहरुको भनाइ छ ।
पानी र माटोले निकास नपाँउदा मोटरसाइलको यात्रा झनै जोखिमपुर्ण छ । यसैविच, सडक चौडा पार्ने कामले पनि वाटोमा सहज रुपले गाडी चलाउन सक्ने अवस्था नरहेको सवारी चालकहरु वताँउछन ।
कालोपत्रे गर्ने योजना अन्तर्गत अहिले उक्त सडकमा वाटो कटान गर्ने काम भएको छ । दाङको वाह्रकुने दहदेखि रोल्पाको नयाँगाँउसम्म डोजरले वाटो फराकिलो पारेपनि माटो सडकमै छाड्दा पानी पर्नेवित्तिकै सडक हिलाम्य हुदा गाडीहरु भासिने गरेका छन । जस्ले गर्दा यात्रामा पनि कठिनाइ हुने गरेको छ ।

Post a Comment