|
|
|
|
महिलाहरुले घरेलु कपडा उद्योगबाट नै विभिन्न प्रकारका कोट कपडाहरु, ऊनीको झोला, सल, पटुका, टोपी, गलबन्दीजुत्तालगाएतका सामग्रीहरु उत्पादन गरेका हुन् ।
जिल्लामै महिलाहरुले तयारी पोसाकहरु उत्पादन गरेसँगै जिल्ला बाहिरबाट आयात हुने कपडाको मात्रा पनि घटेको छ । जिल्लामा विभिन्न गाविसमा ७ वटा कपडा उद्योग छन्, भने अन्य धागो, ऊनी उत्पादन गर्ने उद्योगहरु १५ भन्दा बढी रहेका छन् । रोल्पामा उत्पादन भएका कपडाहरु विभिन्न जिल्ला हँुदै काठमाडाँैसम्म पुग्ने गरेका छन् ।
जिल्ला बाहिरबाट आएका विभिन्न पर्यटक तथा पाहुनाहरुलाई पनि चिनो तथा उपहार स्वरुप स्थानीय स्तरमा उत्पादन भएका बस्तुहरु नै दिने संस्कारको विकास भएको छ । जसले गर्दा उत्पादित कपडाको प्रचार प्रसारले व्यापकता पाउने महिला उद्यमीको विश्वास छ । सुरु–सुरुमा घरेलु कपडाहरु लगाउन हिच्किचाउनेहरु पनि पछिल्लो समयमा आकर्षित बन्न थालेपछि घरेलु उत्पादनले पनि व्यापकता पाएको छ । -दिलिप कुवँरबाट
Post a Comment