|
|
|
|
बाबुको मृत्यु पछि १२ बर्षीया देवी कँवुर र १० बर्षीया गोमा कँवुर किरिया बसेका हुन । मृतक कँवरका छोरा
छैनन् भने चार जना छोरी मात्रै छन् ।
मलामीले १८ हजार सहयोग गरे
लामो समय देखि क्यान्सर पिडित ६० बर्षीय शुकबहादुर कँवरको उपचारको लागि कँवर परिवारले ठूलो धनराषी खर्चिएको थियो ।
उनलाई घाँटीको क्यान्सर थियो । भएको सम्पती उपचारमै सबै सकिएपछि मृत्यु पछि शुकवहादुर कँवुरलेको लाश छोप्ने कात्रो किन्न सक्ने आर्थिक हैसित पनि थिएन । त्यसैले कँवुरको दाहसंस्कारका लागि आवश्यक पर्ने सामाग्रीको जोहो पनि समाजले आर्थिक संकलन गरेरै गरेको छ ।
कँवर परिवारको आर्थिक अबस्था अत्यन्तै कम्जोर भएकोले दाहसंस्कार तथा काजकिरीया गर्न आवश्यक पर्ने लत्ता कपडा लगायत अन्य सामाग्री किन्ने पैशा नभएपछि मलामीहरुले आर्थिक संकलन गरि अन्तिम संस्कार गरेका हुन । मलामीहरुले रकम संकलन गरि १८ हजार रुपैंया सहयोग गरेका थिए ।
सुर्य बिनायक काष्ठ उद्योग भक्तपुर काभ्रेका सञ्चालक बालकृष्ण श्रेष्ठले ५ हजार घरमै गएर पिडित परिवारलाई सहयोग हस्तान्रण गरेका छन् ।
राधिका बस्त्रालयका दुर्गाबहादुर वलीले २ हजार , मल्टिपल मिडिया प्रालिका अध्यक्ष तेजबहादुर कार्कीले १ हजार, कीर्तिबहादुर भण्डारीले १ हजार सहयोग गरेका थिए भने गुरुशनी महाराज बाख्रा फर्म फूलबारीका सञ्चालक भुपबहादुर केसीले थप एक हजार सहयोग गर्ने घोषणा गरेका छन् । स्रोत: तुलसीपुर अनलाइन

Post a Comment