|
|
|
|
जिल्लालाई जातिय छुवाछुत मुक्त जिल्ला बनाउने बारेमा शनिवार जिल्लाका सरोकारवालाबीच भएको अन्तरक्रिया कार्यक्रम यस्तो बताइएको हो ।
दलित समुदायमै कामीले दमाईलाई तल्लो जातको भन्दै छुवाछुतमा भेदभाव गर्ने गरेको सहभागिहरुले बताएका थिए । अन्य समुदायमा दलितहरुलाई छुवाछुत गर्ने भेदभावको अन्त्य गर्नका लागि पहिले दलित समुदाय भित्रकै भेदभाव अन्त्य गर्नुपर्ने बताइएको थियो ।
अन्यथा दलित समुदायमै भेदभाव हुने हो भने अन्य समुदायले भेदभाव गर्छन् भन्नुको कुनै अर्थ नहुने सहभागिहरुको भनाई थियो । जिविस रोल्पाको सहयोगमा संयुक्त दलित जनअधिकार मञ्च रोल्पाले गरेको अन्तरक्रियामा सहभागिहरुले जातीय छुवाछुत सम्बन्धी कानून निर्माण भइसकेकाले अब त्यसको कार्यान्वयन गर्नुपर्ने बताएका थिए ।
हालसम्म जिल्लाका ५ गाविसलाई छुवाछुत मुक्त घोषणा भइसकेका छन् । अब जिल्लालाई नै छुवाछुत मुक्त बनाउनका लागि जिल्लाका सरोकारवालाहरुको प्रतिबद्धता सहित योजनाबद्ध तरिकाले लाग्नुपर्नेमा सहभागिहरुले जोड दिएका थिए ।
दलित जनअधिकार मञ्चका अध्यक्ष कर्मलाल परियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा स्थानीय विकास अधिकारी सुशील वैद्य रहेका थिए ।
कार्यक्रममा जिल्लाका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाको घोडागाउँ, पाखापानी, थबाङमा रहेको ३ वटा विद्यालयलाई १/१ थान कम्प्यूटर प्रदान गरिएको थियो ।
त्यस्तै जेदबाङ ५ का १० जना दलित कृषकहरुलाई १/१ थान मौरीको घार वितरण गरिने पनि कार्यक्रममा जानकारी गराइएको थियो । त्यसका लागि घरेलु उद्योगको कार्यालय रोल्पालाई जिम्मा दिइएको छ । तुलसीपुर अनलाइन

Post a Comment