सल्यान, २६ असार । सल्यानका तीन दर्जन विद्यालयका विद्यार्थीहरू खुल्ला आकाश मुनि पढ्न बाध्य भएका छन् ।
 |
| फाइल तस्बिर |
गएको चैत्र महिना देखी जेठ महिनाको अन्त्य सम्म आएको हावाहुरीले जिल्लाका करिब तीन दर्जन बिद्यालयको छाना उडाएपछि हजारौँ विद्यार्थीहरू आकाशमुनि पढ्न बाध्य भएका हुन् ।
जिल्लाका करिब ३३ भन्दा बढि विद्यालयको छाना हावाले उडाएको छ । गर्मी यामको समयमा छाना हावाले उडाएको र हाल सम्म पनि सम्बन्धित निकायले विद्यालय मर्मत गर्न नसके पछि नियमित सञ्चालन हुनु पर्ने विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।
महेन्द्र उच्च माध्यमिक विद्यालय जिमालीका प्राचार्य चक्र बहादुर खत्रीका अनुसार विद्यालयको चारवटा भवन मध्ये २ भवनको छाना उडाएको छ । स्रोत: इन्द्रेणी अनलाइन
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment