Headlines News :
Home » » चौरजहारी अस्पतालले तान्यो भेरी नदिको पानी

चौरजहारी अस्पतालले तान्यो भेरी नदिको पानी

Written By Unknown on Thursday, March 24, 2016 | 6:56 AM



चैत ११, रुकुम । २ वर्षको निरन्तरत प्रायस पछि आज रुकुमको चौरजहारी अस्पतालले भेरी नदिको पानी मोटर मार्फत अस्पतालमा तानेको । गर्मीयाम सुरुभए संगै चौरजहारी अस्पतालमा खानेपानीको चरम अभाव पर्नथाले पछि वाटर पम्प मार्फत अस्पतालमा पानी आपुर्ति गरीएको हो ।

नदि वाट १ सय ७० मिटरको उचाईमा रहेको अस्पताल परिसरमा पानी आपुर्ती गरीएको छ । भेरी नदिको पानी पम्प गर्नको लागी ईटालियन कम्पनिको ११ हर्जको वाटर पम्प प्रयोग गरीएको अस्पतालका प्राविधिक अमृत नेपालीले जानकारी दिनुभयो । भेरी नदिमा वाटर पम्प डुवाएर जेनेरेटरको सहायताले पानी पम्प गरीएको हो ।

९० एम.एमको पाईपमा पम्प हुने पानी १ मिनेटमा २ हजार लिटर भण्डारन हुने अस्पतालले जानकारी दिएको छ । वाटर पम्पको लागी करिव २० लाखको लागतमा अतिआधुनिक सामाग्रीहरुको प्रयोग गरिएको वताईएको छ । दैनिक १ सय देखि १ सय ५० जना सम्म विरामी आउने अस्पतालमा गर्मीयाम सुरुभए संगै वर्षेनी खानेपानीको अभाव हुने गरेको थियो ।

नदि वाट पानी पम्प कार्य सफल भए संगै अस्पतालमा आउने विरामी तथा स्टाफहरुका लागी नुहाउन ,लत्ताकपडा ,वेड सिट धुन पिउन , र ,सर्जिकल सामाग्रीहरु सफा गर्नको लागी सहज हुनेभएको छ । मौसम अनुसार भेरीनदिको पानी पिउन योग्य नभएता पनि टंयाङकीमा जम्मा गरेर थिग्राउने र केमिकलको प्रयोग गरी पानी पिउन योग्य वनाउने लक्ष्य राखिएको अस्पतालका प्रशाशक डिल वहादुर गिरीले जानकारी दिनुभयो ।

तत्काल भेरी नदिको पानी पम्ंपीगं सिस्टम लाई व्यवस्थित वनाएर स्थानिय समुदाय लाई समेत पानी आपुर्ति गर्ने लक्ष्य राखिएको अस्पतालले वताएको छ । चौरजहारी आसपासमा खानेपानी मुहान प्रयाप्त नहुदा यस क्षेत्रमा खानेपानीको अभाव हुने गरेको थियो । स्थानिय टिटेखर्कमा रहेको खानेपानी जनसंख्याको अनुपातमा प्रयाप्त नहुदा चौरजहारीमा अवस्थिति व्यापार व्यवसायी शिक्षण संस्था,कलकारखाना,उदोग धन्दा लगाएत संघ संस्थाहरु खानेपानीको अभावमा पर्दैआईरहेका छन । चौरजहारी अस्पतालमा दैनिक ५० हजार लिटर पानीको आवाश्यकता पर्ने गरेको छ ।

वैकल्पिक विधिको रुपमा चौरजहारीको विभिन्न ५ ठाउँमा वाटर पम्पको प्रयोग गरी भेरी नदिको पानी पम्पीङ्ग गरेको खण्डमा यस क्षेत्रमा वर्षेनी हुने खानेपानीको समस्या लाई टार्न सकिने स्थानिय वुद्धिजीवीहरुको ठहर छ । पानी चौरजहारीमा तानिए पछि स्थानीयहरुले चौरजहारी अस्पताललाई आफुहरु अचम्ति हुदै धन्यवाद दिएका छन । -गोपाल रेग्मीको सहयोगमा

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger