|
|
|
|
घोराहीको नयाँ बजारबाट भरतपुरतर्फ जाँदै गरेको नम्वर नखुलेको मोटरसाइकल घोराही १० विद्या निलकण्ठ रोडमा दुर्घटना हुदा दुई जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जनाएको छ ।
घाइते हुनेहरुमा रोल्पा गैरीगाउँ ८ बस्ने २१ वर्षिय राजकुमार बुढा र रोल्पा कोर्चावाङ ९ बस्ने १८ वर्षिया लक्ष्मी पुन घाइते भएको ट्राफिक प्रहरीले बताएको छ ।
घाइते दुवैको घोराहीको राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ छ । dangkhabarबाट

Post a Comment