|
|
|
|
देउखुरी १०, चैत । देउखुरीमा ८ करोड वढीको लगानीमा कोल्ड स्टोर निर्माण हुने भएको छ । राप्ती अञ्चलको सवै भन्दा ठुलो कोल्ड स्टोर वन्न थालेको हो ।
देउखुरीका किसानले उत्पादन गर्ने आलु, अन्य तरकारी र फलफूललाई मध्यनजर गरी लमही नगरपालीका वडा नं. ५ टिकुलीगढमा ८ करोड ४६ लाखको लागतमा कोल्ड स्टोर निर्माण हुने भएको हो । अवको १८ महीना भित्र कोल्ड स्टोर निर्माणको कार्य सकिने राप्ती उद्यम प्रालीले जनाएको छ ।
साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको अनुदान र प्रालीको संयुक्त लगानीमा कोल्ड स्टोर निर्माण हुन थालेको प्रालीका अध्यक्ष देवांगजन चौधरीले जानकारी दिए ।
साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजनाको दुई करोड ९९ लाख ४४ हजार अनुदान र प्रालीको ५ करोड ४६ लाख ७७ हजारको लगानीमा कोल्ड स्टोर निर्माण हुन थालेको हो । कोल्ड स्टोर १० कट्ठा जग्गामा वनाउन थालीएको छ । बार्षिक २८ सय मेट्रीकटन कृषि र फलफूल स्टोर गरी राख्ने लक्ष्य वनाइएको छ ।
जसमा २६ सय मेट्रीकटन आलु, २ सय मेट्रीकटन फलफूल र तरकारी स्टोर हुने वार्षिक लक्ष्य निर्धारण गरिएको प्रालीका अध्यक्ष चौधरीले वताउनु भयो । ब्यावसायीक किसानका साथै सामान्य किसानकालागी पनि कोल्ड स्टोर उपयोगी हुने देखीएको छ ।
छिट्टै विग्रीने तरकारीलाई कोल्ड स्टोरमा राखेर सुरक्षीत वनाउन सकिन्छ । यसका साथै विउको रुपमा आलुलाई सुरक्षीत राख्न सकिन्छ ।
मंगलवार अनुदान सहयोग गर्ने साना तथा मझौला कृषक आय स्तर वृद्धि आयोजना र राप्ती उद्यम प्रालीका विचमा कोल्ड स्टोर वनाउने सम्झौता भएको छ । अनुदान सहयोग प्रदान गर्ने आयोजनाका निर्देशक गोकर्ण आचार्य र प्रालीको तर्फवाट देवांगजन चौधरी, वामदेव चौधरी र शुरेसमान चौधरीको सहभागीतामा सम्झौता गरिएको छ । -दशरथ घिमिरे, तुलसीपुर अनलाइनबाट साभार

Post a Comment