|
|
|
|
चैत ११, काठमाडौं । तपाई्रले विदेशबाट ल्याउनुभएको वा अवैध रुपमा आयात भएको मोबाइल सेट बोक्नुभएको त छैन ? यदि त्यसो हो भने होस् गर्नुहोस्, तपाईको मोबाइल फोन ब्लक नै हुन सक्छ ।
तपाईंले बोकेको मोबाइल सेटको विशिष्ट पहिचान अंक (आइएमईआई नम्बर) नहुन पनि सक्छ । आइएमइआई नम्बर नभएका मोबाइल सेट ब्लक गराउने तयारी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको छ ।
प्राधिकरणले तयार पारेको राष्ट्रिय उपकरण पहिचान दर्ताको अन्तरिम कार्यविधिमा आधिकारिक आइएमइआई नम्बर नभएका मोबाइल ब्लक गरिने उल्लेख छ । तर, हाल नेपालभर प्रयोगमा रहेका सेटले भने ६ महिनाको म्याद पाउनेछन् ।
अर्थात्, हालसम्म नेपाल भित्रिएका सेटमा आधिकारिक आइएमइआई नम्बर नभएको पाइएमा सेवाप्रदायकले ६ महिनाभित्र त्यसको जानकारी प्रयोगकर्तालाई दिनेछन् । त्यसपछि प्रयोगकर्ताले प्राधिकरणमा गएर मोबाइलको आइएमइआई नम्बर लिन सक्नेछन् । -नयाँ पत्रिका दैनिक

Post a Comment