Headlines News :
Home » » सल्यानको जलवाङमा पहिलो पटक गाडि पुग्यो

सल्यानको जलवाङमा पहिलो पटक गाडि पुग्यो

Written By Unknown on Wednesday, March 30, 2016 | 10:21 PM


तुलसीपुर १८ चैत । सल्यानको जलवाङमा पहिलो पटक बुधबार गाडि पुगेको छ । यहाँका स्थानीयहरुले नियमीत गाडि सञ्चालन गर्न माग गरेका छन् । सल्यानको सिनवाङ, जलवाङका स्थानीयहरुले आफनो गाउँमा नियमित यातायातका साधनहरु सञ्चालन नहुदा निकै समस्या परेको भन्दै गाडिहरु सञ्चालन गर्ने माग गरेका हुन ।

तुलसीपुर–सल्यान रिम रुट अन्र्तगत जनवाङमा पनि गाडिहरु सञ्चालन गदै रिम रुटमा पनि अन्य गाडिहरु सञ्चालन गर्ने माग गरेका हुन । उनीहरुले सिनवाङ–९का स्थानीयहरुले पहिलोपटक गाउँमा गाडि पुगेपछि भव्य स्वागत समेत गरेका थिए । सिनवाङगाविसको जलवाङ, सिनावाङका स्थानीयहरुले तुलसीपुर जिप तथा माईक्रो मिनिवस वस व्यवसायी समितिका पदाधीकारी सहित त्यहाँ पुगको गाडी र पदाधिकारीहरुलाई भव्य स्वागत गरेका हुन ।

गाउँमा आफुहरुको समस्या वुझन त्यहाँ सम्म पुगेको र आफुहरुको गाउँ सम्म पहिलोपटक गाडि आएकोमा निकै खुसी भएको स्थानीय यमकली वुढाले भनिन् । तरकारी वजार सम्म पु¥याउन पनि समस्या थियो अव भने केही सहज हुन्छकि भन्ने आशापलाएको छ यसलाई नियमीता दिनुहोला उनले भनिन्।



रोल्पा र सल्यान को सिमानामा पर्ने सिनवाङ, जलवाङलगायतका स्थानीयहरुलाई यातायातका साधन सञ्चालन नहुदा निकै समस्या थियो । कोही दुःख विरामी भयो भने कपुरकोट सम्म पु¥याउन हम्मेहम्मे हुने गरेको छ, अव नियमीत गाडि सञ्चालन गर्न आग्रह गर्दछु –स्थानीय कृष्ण कुँवरले भने । त्यसैगरी सो सडक खण्डको रिम र सिनवाङ सम्म सल्यान समिति र जिप समितिका २÷ २ वटा गाडि सञ्चालनभएपनि यात्रुहरुको चापले गर्दा सिटमा वस्नै समस्या हुने स्थानीय मानबहादुर खडकाले बताए ।

सिनवाङबाटै गाडि भरीभराउ हुन्छ हामीहरु कसरी यात्रा गर्ने अरुगाडिहरु पनि सञ्चालन गनु प¥यो खडकाले भने ।’ तुलसीपुर जिप तथा माईक्रो मिनिवस समितिका अध्यक्ष पवनराज वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयहरुले आफुहरुले वाटो निर्माणको काम सम्पन्न गरेको र विक्रीएको वाटो मर्मत गर्ने भन्दै नियमीत गाडि सञ्चालनमा ल्याउन माग गरेका थिए ।

अध्यक्ष वुढाथोकीले स्थानीयहरुको समस्या र वाटोको अवस्था हेर्ने आफुहरु यहाँ सम्म आएको भन्दै यात्रुहरुको मागलाई सम्वोधन गर्ने बताए । ‘तपाईहरुको माग प्रति हामीहरु सकारात्मक छौं यस विषयमा छलफल गरी अगाडि बढने छौं उनले भने । ’ त्यसैगरी कार्यक्रममा समितिका प्रशासनिक सचिव रामबहादुर डाँगीले ग्रामीन भेगमा चल्ने यातायात साधनले पु¥याएको सेवा र सुधारका लागि आफुहरु त्यहाँ पुगको भन्द्यै यात्रुहरुको माग वमोजिम सेवा विस्तार गर्ने बताए ।

कार्यक्रममा काल्याणकारि सविच निमकुमार श्रेष्ठ, सदस्य छविलाल डाँगी, धनसिंह केसी, धना एरि कार्यलय सचिव जितबहादुर खडका, कर्मचारी राजन योगीसहीतको टोलि तुलसीपुर सल्यान रुटका विभीन्न स्थानमा पुगी अनुगमन तथा अन्तरक्रिया गरेका थिए । कार्यक्रमको सहजीकरण प्रशासनिक सचिव रामबहादुर डाँगीले गरेका थिए । -मनु शर्मा, तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger