|
|
|
|
नगर अध्यक्ष लछिनप्रसाद बुढामगरको अध्यक्षता तथा एमाले दाङ जिल्ला कमिटिका सदस्य श्याम आचार्यको प्रमुख आतिथ्य एवं नगर कमिटिका सल्लाहकार मिनराज गौतमको विशिष्ट आतिथ्मा बैठक सम्पन्न भएको छ ।
बैठकले प्रदेश नम्बर ५ को राजधानी दाङलाई बनाउन पहल गर्ने निर्णय गरेको छ भने राजधानी बनाउन केन्द्रमा दबाव दिने निर्णय गरेको छ । यसैगरी बैठकका सन्दर्भमा नयाँ वर्ष २०७३ को अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।
यसैगरी बैठकले युवा संघ दाङका आचार्य मौसम आचार्यका पिता खडगप्रसाद आचार्य, क्षेत्रिय सदस्य यामप्रसाद आचार्यका पिता तेजप्रसाद आचार्यको निधनप्रति दुःख ब्यक्त गर्दै समवेदना प्रकट गरेको छ । यसैगरी बैठकले पार्टीको साँगठनिक कार्य व्यवस्थित गर्न नगरका सबै वडामा बाँकी रहेको टोल कमिटिहरु गठन गर्ने र पार्टीका गतिविधि सक्रिय बनाउने निर्णय गरेको उपसचिव कैलाश रोकामगरले जानकारी दिनुभयो ।
उपाध्यक्ष रमेश आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव केशव गिरीले गर्नुभएको थियो । त्यस अवसरमा निबर्तमान अध्यक्ष केशव न्यौपाने, जिल्ला बार एशोसिएसनका अध्यक्ष भुपबहादुर केसी, शक्तिराज गौतम, ठाकुर वली, अरुण शर्मा, कविराज पौडेल, पदम पौडेल, अम्बिका बिष्ट रावत, देवीराम न्यौपाने, गिरीप्रसाद भट्टराई, कमलमणी देवकोटा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दाङखबरबाट साभार

Post a Comment