|
|
|
|
सलिम अन्सारी/बैशाख ३, प्युठान । दक्षिणि प्युठानको धुवाङ गाविसमा आगोले जलेर एक बालकको ज्यान गएको छ ।
धुबाङ गाबिस वडा नम्बर ८ अ्म्मरे गाउंमा बस्ने सुर्य बहादुर नेपालिका ११ बर्षिय छोरा नोम बहादुर नेपालीको मृत्यु भएको हो । शुक्रबार बिहान नजिकैको मदने सामुदायी बनमा लागेको आगो हेर्न गएका बेला जलेर उनको ज्यान गएको मृतकका बुवा सुर्य नेपालिले बताए ।
आगोले जलेर गम्भीर घाइते बालकलाइ उपचारका लागि लैजाने तयारी गरिदै गर्दा बड्डाडा बजार मै उनको ज्यान गएको हो । मृतकका भाइ र आमा भने सामान्य घाइते छन। उनिहरुको स्थानिय मेडिकलमा उपचार भैरहेको छ ।
धुबाङ गाबिसको वडा नमबर ७ र ८ स्थित सामुदायिक बनमा बिगत ३ दिन देखि आगलागी भैरहे पनि आगलागी नियन्त्रणमा सरोकारवालाले चासो नदेखाएको स्थानियको आरोप छ । sajhasabalबाट साभार

Post a Comment