Headlines News :
Home » » दाङकि पूर्वसभासद शान्ता चौधरी फर्स्ट डिभिजनमा आठ कक्षा पास, चौधरी भन्छिन- मन्त्री बनेभन्दा ठूलो उपलब्धि पाए

दाङकि पूर्वसभासद शान्ता चौधरी फर्स्ट डिभिजनमा आठ कक्षा पास, चौधरी भन्छिन- मन्त्री बनेभन्दा ठूलो उपलब्धि पाए

Written By Unknown on Friday, April 15, 2016 | 5:32 AM


वैशाख ३, काठमाडौं । एमालेकी पूर्व सभासद शान्ता चौधरी कक्षा आठको जिल्लास्तरीय परिक्षामा उत्तिर्ण भएकी छन् । दाङको उच्च मावि डाँडागाउँमा अध्ययनरत उनी पहिलो श्रेणीमा पास भएकी हुन् ।

फेसबुकमा खुशी साट्दै उनले लेखेकी छिन्, ‘धेरैलाई हाँसो लाग्दो हो, तर यो मलाई जीवनकै सर्वोच्च उपलब्धी लागेको छ ।’



सभासद बन्दा आफ्नो अशिक्षाका कारण धेरै दुख झेल्नुपरेको महसुस गरेपछि शान्ता गाउँको विद्यालयमा भर्ना भएकी थिइन् । यद्यपि राजनीतिक र समाजिक कामको व्यस्तताले गर्दा नियमित विद्यालय जान नसकेको उनी बताउछिन् ।

‘घर-व्यवाहार र राजनीतिले गर्दा पर्याप्त पढ्न पाएकी थिइनँ,’ उनले लेखेकी छिन्, ‘फेल हुन्छु भन्ने लागेको थियो, तर पास भइछु । पास मात्रै होइन फस्ट डिभिजन आइछु ।’

आफू पास हुँदा छोराछोरीमा खुशीको सीमा नरहेको पनि उनले उल्लेख गरेकी छिन् । उनका छोरा कक्षा ९ र छोरी कक्षा सातमा काठमाडौंमा पढ्दैछन् । शान्ताले आफू जिल्लास्तरीय परिक्षामा पास हुनुलाई मन्त्री हुनुभन्दा ठूलो उपलब्धि बताएकी छिन् ।

उनी लेख्छिन्, ‘मानिसहरु मन्त्री बन्नु ठूलो सफलता र खुशीको कुरा हो भन्छन्, तर आठ कक्षा पास गर्नु मेरालागि मन्त्री बन्नुभन्दा ठूलो सफलता हो ।’ मिडियाले लगातार पछयाएकाले पनि आफू ध्यान दिएर पढ्न वाध्य भएको उनको भनाई छ ।

लामो समय क्यान्सरसँग संघर्ष गरेकी शान्ता अहिले स्वस्थ बनेकी छिन् । क्यान्सर उपचारका लागि सरकारले दिएको सहयोग रकमबाट बचेको पैसा फिर्ता गरेर उनी चर्चामा आएकी थिइन् । शान्ता अहिले धरानमा छिन् । onlinekhabarबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger