Headlines News :
Home » » दाङमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका भनिएका चालक घाईते अबस्थामा अस्पताल आए, परिवारले भने अर्कैको शब बुझे

दाङमा भएको ट्याक्टर दुर्घटनामा मृत्यु भएका भनिएका चालक घाईते अबस्थामा अस्पताल आए, परिवारले भने अर्कैको शब बुझे

Written By Unknown on Friday, April 15, 2016 | 5:06 AM


बैशाख ३, दाङ । दाङको तुलसीपुर–१ को राम्रीमा बुधबार साँझ लु२त २५५८ नं को ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको भनिएका चालक दुईदिनपछि अस्पतालमा आएका छन् ।  घाइते अवस्थामा उनी शुक्रबार बिहान राप्ती अञ्चल अस्पतालमा उपचारका लागि आएका हुन् ।

दुर्घटनामा परी ट्र्याक्टर चालक रोल्पा कोटगाउँ–१ का रामचन्द्र घर्ती र सहचालक सोही ठाउँ निवासी सुनिल पुनको मृत्यु भएको प्रहरीले भने पनि दुर्घटनामा चालकको मृत्यु नभएको बताएको छ । 



बुधबार राति १० बजे रोल्पाको लिवाङबाट तुल्सीपुरतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना भएपनि आफूहरु सल्यानको मोखलाबाट आएको घाइते चालक रामचन्द्र घर्तीले बताए ।

उनले ट्र्याक्टरमा सल्यानको श्रीनगरबाट एक जना अपरिचित व्यक्ति जबर्जस्ती चढेको र आफू सहचालक र ती व्यक्तिमात्र ट्र्याक्टरमा सवार रहेको बताए ।

‘ट्र्याक्टरमा श्रीनगरबाट सवार एक जना सहचालक र म थियौँ, ट्र्याक्टर बिग्रेको थियो मोडमा स्ट्रक कटेन दुर्घटना भयो,’ चालक घर्तीले भने ।

त्यसैगरी, चालक घर्तीले आफू बिहीबार दिउँसो ३ बजे होसमा आएको र होसमा आएपछि ७ बजे सकिनसकी हिँड्दै नजिकैको घरमा पुगेको बताए । ‘म होसमा आएपछि नजिकैको एक घरमा पुगेँ एकदिन पछिमात्र होसमा आएँ ।’

बिहीबार भने चालक घर्तीका आफन्त तथा घरपरिवारले आफ्नो छोरा रामचन्द्र घर्तीको दुर्घटनामा मृत्यु भएको भन्दै तुल्सीपुरको राप्ती अञ्चल अस्पतालमा शव परीक्षणपछि अर्कै व्यक्तिको शव बुझेर लगेको प्रहरीले जनाएको छ ।

‘आफन्तले हाम्रो मान्छे हो भनेर शव बुझ्नुभयो, अनुहार मिल्ने भएकाले यस्तो भएको हो आफन्तलाई खबर गरेका छौँ, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले भने ।

आफन्तले दाहसंस्कार गर्न भनेर तयार भए पनि घर्ती सम्पर्कमा आएपछि सो कार्य रोकिएको छ ।

दुर्घटनामा मृत्यु भएका व्यक्ति कहाँका हुन् भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइते चालका घर्तीको राप्ती अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger