Headlines News :
Home » » ग्वारखोलाको पुल निर्माण तिव्र गतिमा अघी बढ्दै

ग्वारखोलाको पुल निर्माण तिव्र गतिमा अघी बढ्दै

Written By Unknown on Wednesday, May 11, 2016 | 11:04 PM


नारायण खड्का, तुलसीपुर ३०,  वैशाख । ग्वारखोलामा पुल निर्माणको काम धमाधम भइरहेको छ । पुकार पसल देखि डुरुवा र मानपुर गाविसालाई जोड्ने उक्त पुल राप्ती कै लामो पुल मानिन्छ ।



निर्माण सुरु भएको मितिले तीन वर्ष भित्र काम सक्ने गरी कालिका रसुवा एलाईट जेभीले पुल निर्माणको काम गरिरहेको छ । दुई सय मिटर लम्वाई र १२ मिटर चौडाईको पुल निर्माणको काम गत फागुन २४ गते देखि सुरु गरिएको थियो ।

पुलका पाँचवटा पिलर मध्ये हाल सम्म ३ वटा पिलरको (फाउन्डेसन) जमिन मुनीको काम पुरा भइसकेको छ भने अवको दुई हप्ता भित्रै थप २ वटा पिलरको फाउन्डेसनेको काम पनि पुरा हुने पुलका कन्ट्रक्सन म्यानेजर रामेश्वर रिजालले जानकारी दिए ।

म्यानेजर रिजाललका अनुसार पाँचवटा पिलरको जमिन मुनीको काम सकिएपछि पुलको ३५ प्रतिसत निर्माण कार्य पुरा हुने छ । उनले यही गतिमा पुल निर्माण कार्यले तिव्रता पाएको खण्डमा निर्धारित समय भन्दा धेरै पहिले पुल निर्माण कार्य पुरा हुने बताए ।

नेपाली काँग्रेसका नेता एवं सांसद डिल्लीबहादुर चौधरी, काँग्रेस क्षेत्र नं. ४ का क्षेत्रीय सभापति जगतवहादुर खड्का लगायत नेता तथा पत्रकारहरुको अनुगमन टोलिलाई बुधवार कन्ट्रक्सन म्यानेजर रिजालले उक्त कुरा जानकारी दिएका हुन । तुलसीपुर अनलाइन

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger