|
|
|
|
बैशाख ३१, रोल्पा । बिहिबार साँझ परेको अविरल बर्षातका कारण रोल्पा जिनाबाङ सुखाओडारमा करोड बढी क्षति भएको अनुमान गरिएको छ ।
जिल्लाको पाखापानी क्षेत्रमा परेको अविरल बर्षाले जिनाबाङ सुखाओडार बजारमा बाढी पस्दा पुरै बजार क्षतिग्रस्त भएको छ ।
बिहिबार बेलुकी आएको भारी वर्षाका कारण जिनाबाङ–१ को बाखु खोलामा बाढी आउदा घरमा बसी रहेका जिनाबाङ–१ का ७० वर्षीय बृद्ध टेकबहादुर घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव मछामुल नजिकै खोला किनारमा भेटिएको हो । उनको शव पोष्ट मार्टमका लागि आज जिल्ला अस्पताल रेउघा रोल्पामा ल्याइदै छ । अन्य दुइ जना बेपत्ता भनिएका सम्पर्कमा आएको प्रहरीले जानकारी दिएको छ ।
राप्ती सार्बजनिक यातायातको बस र ट्याक्टर बगाएर करीब २०० मिटर तल लगेको र बस र ट्याक्टर पूर्ण रुपमा क्षति भएको सल्यान रुकुम यातायात ब्यबसायी समिति रोल्पाका कर्मचारी टेकम चन्दले जानकारी दिए ।
अहिले सर्बदलीय बैठक बसिरहेको र क्षतिबारे प्रहरीले मुचुल्का तयार पारिरहेको उनले जानकारी दिए ।

Post a Comment