|
|
|
|
बिहिबार बेलुकीपख परेको भिषण बर्षाका कारण रोल्पाको जिनावाङ सुखाओडार बजार पूरै डुबाएको छ ।
सुखाओडार बजारमा पार्किंग गरेर राखेका एउटा बस र एउटा ट्क्याटर बगाएको र बजारका सम्पूर्ण घरहरुमा ठुलो क्षति भएको बजार ब्यबस्थापन समितिका अध्यक्ष नबिन डिसीले जानकारी दिएका छन । वजार नजिकको खोला वढेर वजारमा पसेको छ । खोला वजारमा पस्दा पसलमाहरु क्षति पुगेको छ ।
आदा घण्टा परेको पानीले ठुलो क्षति गरेको उनले जानकारी दिए । बाढीका कारण खेतमा कम गर्न गएका २ जना र गोठालो गएका एकजनालाई पनि बढीले बगाएको जानकारी दिए ।
उनीहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन् । जिनाबाङमा हल्का वर्षा भएपनि सल्यान जिल्लाको बफुखोला र रोल्पाको पाखापानीमा परेको पानीले बाढी आउदा सुखाओडार बजारमा क्षति पुर्याएको डिसीले जानकारी दिए । थप क्षतिको विवरण आउन बाँकी....

Post a Comment