|
|
|
|
तुलसीपुर, २६-बैशाख । राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिको चक्का जाम दोस्रो दिन पनि यथावत छ । बन्दका कारण राप्तीमा सार्वजनिक यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।
वस सञ्चालनको विषयमा राप्ती समिति र मालिका कालिका प्रालिको विचमा विवाद उत्पन्न भएपछि राप्ती समितिले राप्तीमा शनिवार देखि चक्का जाम गर्दैै आएको छ । जसले गर्दा राप्तीको सामान्य जनजिवन निकै कष्टकर बनेको छ । सर्वसाधरण यात्रुहरु गनतब्य तर्फ जान पाएका छैनन् । पूर्व सूचना विनानै एकाएक बन्द गरिदा नागरिक अप्ठेरोमा परेका छन् ।
वस सञ्चालनको विषयमा राप्ती समिति र मालिका कालिका प्रालिको विचमा विवाद उत्पन्न भएपछि राप्ती समितिले राप्तीमा शनिवार देखि चक्का जाम गर्दैै आएको छ । जसले गर्दा राप्तीको सामान्य जनजिवन निकै कष्टकर बनेको छ । सर्वसाधरण यात्रुहरु गनतब्य तर्फ जान पाएका छैनन् । पूर्व सूचना विनानै एकाएक बन्द गरिदा नागरिक अप्ठेरोमा परेका छन् ।
शनिवार प्रहरीले राप्ती समितिका अध्यक्ष एवं नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका उपमहासचिव सुरेश श्रेष्ठ लगाएतका पदाधिकारीलाई लक्षित गरी आक्रमण गरेको विरोधमा चक्का जाम गरिएको हो ।
प्रहरीले सुनियोजित किसिमले आफ्ना अध्यक्ष लगायत पदाधिकारीलाई आक्रमण गरी शख्त घाईते बनाएको भन्दै विरोधमा चक्का जाम गरिएको हो । समान्य विवाद हुँदा उक्त विवाद मिलाउन गएका समितिका अध्यक्ष हमालमाथि प्रहरीले एकाएक लाठी चार्ज गरेको राप्ती समितिले आरोप लगाएको छ । लाठी चार्जबाट उनको टाउको फुटेको छ ।
प्रहरी ज्याजतीका विरुद्धमा आफूहरुले चक्काजाम गरेको र त्यो रहर नभई वाध्यता भएको राप्ती समितिले विज्ञप्ति मार्फत जनाएको छ । तर प्रहरीले भने दुई समितिका विचमा मुठभेडको स्थिति सृजना भएपछि र सवारी साधनमाथि तोडफोड हुनथालेपछि लाठी चार्ज गरिएको दाबी गरेको छ ।
शुक्रवार देखि मालिका कालिका यातायात प्रालिले राप्ती राजमार्ग अन्तरगत दाङको तुलसीपुर देखि रुकुम सम्म वस सञ्चालनगर्न खोजेपछि राप्ती समिति र उक्त प्रालिका विचमा विवाद उत्पन्न भएको थियो । त्यसयता दाङको सार्वजनिक यातायातमा तनाव उत्पन्न भएको थियो ।
तुलसीपुर बजार पनि बन्द
व्यवसायी एवं तुलसीपुर उद्योग वाणिज्य संघका सल्लाहकार सुरेश हमालमाथि भएको आक्रमणको विरोधमा आईतवार तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरको वजार बन्द गराएको छ । आक्रमणमा सम्लग्न दोषी प्रहरी माथि कारवाहीको माग गर्दै तुलसीपुर बजार बन्द गरिएको हो ।
संघका अध्यक्ष विमल रिजाल र महासचिव नेत्र वलीले विज्ञप्ति जारी गर्दै प्रहरी ज्याजतिको विरोधमा आइतवार एक दिनका लागि बजार बन्द गर्न आह्वान गरेका छन् । उनीहरुले प्रहरीको व्यवहार विवाद सामाम्य पार्ने भन्दा पनि झनै अराजक किसिमको देखिएको आरोप लगाएका छन् । तुलसीपुर अनलाइनबाट

Post a Comment