|
|
|
|
प्यूठान २६, बैशाख । स्वर्गद्धारी मन्दिर दर्शन गरेर घरतर्फ फर्कदै गर्दा भिंगृ–१ स्थित मुहानखोलाले बगाउँदा तुलसीपुर–१९ उरहरी दाङका एकै घर परिवारका तीन जनाको मृत्यु भएको छ ।
बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई ठाडो खोलाले बगाउँदा ६५ वर्षिय सुकदेव खनाल, १९ वर्षिय विमला खनाल र १३ वर्षिय अस्मिता खनालको घटनास्थलमै ज्यान गएको प्यूठानका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए ।
उनीहरुविचको नाता खुल्न नसकेपनि एकै परिवारका रहेको कुरुम्वाङको भनाई छ । दुर्घटनामा परी सोही ठाउँकै पाँच जना घाईते भएका छन् । ४६ वर्षिय कौशिला खनाल, २२ वर्षिय शारदा खनाल, २६ वर्षिय बसन्ता खनाल, ६५ वर्षिय दुवा खनाल र ३५ वर्षिय कमला खनाल घाईते भएको इलाका प्रहरी कार्यालय भिंगृका प्रहरी निरिक्षक शुरेस शाहले जानकारी दिए ।
घाईते सवैलाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको उनले बताए । गाडी चालक कवित चौधरी र अन्य दुई जना सकुसल रहेको प्रहरीले जनाएको छ । -केशर रोका, तुलसीपुर अनलाइन

Post a Comment