|
|
|
|
प्रा.लि र सार्बजनिक यातायात ब्यबसायी समितिको बिबाद मिलाउन भनी घटनास्थलमा पुगेका राप्ती सार्बजनिक यातायात ब्यबसायि समितिका अध्यक्ष सुरेश हमाल,बरिष्ठ उपाध्यक्ष भरत नाथ योगी सदस्य बिरेन्द क्षत्री लगायतका ब्यबसायि माथि प्रहरी निरिक्षक सन्तोष रोका र रोका नेतृत्वको प्रहरीले अन्धाधुन्ध लाठी र बुट प्रहार शत्त घाइते गराएको भन्दै नेपाल यातायात ब्यबसायि राष्ट्रिय महासङघ अचल समिति राप्तिले शनिबार देखी अनिश्चितकालिन राप्ती अञ्चल बन्दको आब्हान गरेको हो ।
बन्दले राप्ती अञ्चलका पाँचै जिल्ला लाई प्रभाब परेको छ । यता सल्यान जिल्लामा पनि बन्दको पुर्ण प्रभाव परेको छ ,सार्बजनिक यातायात ब्यवसायी माथि सरकारले गर्ने दुरब्यभार र शनिबार दाङ तुलसीपुरमा प्रहरी प्रशासनले हमाल लगाएतका यातायात ब्यबसायी हरुमा गरेको संघातिक आक्रमनको बिरोधमा सल्यान रुकुम यातायात ब्यवसायी समितिले प्रधान कार्यालयको श्रीनगर बुकिङ काउन्टर अगाडि सडकमा आफ्ना पदाधिकारी,ब्यवसायी,कर्मचारी र बन्दमा परेका यात्रुहरु लाई खानाको समेत ब्यवस्ता गरेको थियो ।
बन्दमा परेका एक यात्रुले भने "बन्दमा त हामी सधै पर्दै आएको हो तर अरुले गर्ने बन्द भन्दा यो बन्द फरक देखियो।बन्दमा परेको बेला कति बन्द कर्ताले त दुव्र्यवहार समेत गरेको पाइन्थ्यो,तपाई हरुले त हामी बन्दमा परेका यात्रुहरुलाई खानाको ब्यवस्था समेत गर्नु भयो । तर बन्द त लामो समय सम्म होला त्यो बेला सम्म त हामी अलपत्र पर्छौ, खल्तीमा पैसा पनि कम छ, बास कता बस्ने पिडा पो लाग्न थाल्यो ?प्रशन सकिन नपाउदै सल्यान रुकुम यातायात ब्यवसायी समितिका अध्यक्ष लोक मान बुढाथोकीले भन्नु भयो ,धैर्य गर्नुहोस तपाईंको गन्तव्य स्थान सम्म पुर्याउने जिम्मा आज लाइ हाम्रो हो ।
बन्दमा परेका करिब ५५ जना जति यात्रुहरु लाई खानाको ब्यवस्था समेत गरेको सल्यान रुकुम यातायात ब्यवसायी समितिले बन्दको पहिलो दिनमा अलपत्र परेका यात्रुहरुलाई उनिहरुको गन्तब्य स्थान सम्म पुर्याउनको लागी शनिबार बेलुकी देखी एक दिनको लागी बन्दमा परेका गाडीहरू संचालन गर्न सल्लाह दिए लगतै बन्दमा परेका सम्पुर्ण गाडीहरू आफ्नो गन्तव्य स्थान तिर प्रस्थान गरेका थिय ।
आज बन्दको दोस्रो दिन सल्यानको यातायात क्षेत्र पुर्णरुपमा बन्द छ । सम्बन्धित निकायले घटनाका पीडितलाई ब्यवास्था गरे अझै कडाइका साथ यातायात बन्द गरिने अध्यक्ष लोकमान बुढाथोकीले बताउनु भयो । दिपसागर भण्डारीको फेसबुकबाट

Post a Comment