|
|
|
|
बाल विकास शिक्षक संघर्ष समिति रोल्पाले आइतवार सहायक जिल्ला शिक्षा अधिकारी कृष्णचन्द्र पोख्रेललाई एक ज्ञापन पत्र बुझाउदै आगामी आठौं शिक्षा ऐन संशोधनमा बाल विकास केन्द्रको सेवा सुबिधालाई बढाउन माग गरेका छन् ।
ज्ञापन पत्रमा बाल विकास कक्षालाई विद्यालय संरचना भित्र राख्नुपर्ने, बाल विकास सहयोगी कार्यकर्तालाई पूर्व प्राथमिक शिक्षकको दरबन्दी सिर्जना गरी स्थायी गर्नुपर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय श्रम ऐन बमोजिम तलब भत्ता दिनुपर्ने, महङ्गी भत्ता र पोसाकको व्यवस्था हुनुपर्ने लगायतका ९ बुदे माग गरिएको छ ।
संघर्ष समितिका अध्यक्ष निशा सेनले सहायक जिशिअ पोख्रेललाई ज्ञापनपत्र बुझाउदै मागहरुलाई सम्बोधनका लागि सम्बन्धित निकायमा पहल हुनेमा विश्वास व्यक्त गरिन् । जिल्ला शिक्षा कार्यालय रोल्पामा जिल्लाका बाल विकास शिक्षकहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थितिमा ज्ञापन पत्रको बारेमा जानकारी गराउदै ज्ञापन पत्र बुझाइएको संघर्ष समितिका सचिव मनोज पुनले बताए ।

Post a Comment