|
|
|
|
इटहरी घर भई काठमाडौंमा बस्ने जसपति चौधरीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । चौधरीले एक महिलाको नग्न तस्वीर उनका श्रीमानलाई मोबाइलमा इमो (निःशुल्क फोन तथा एसएमएस पठाउने एप)मार्फत पठाएका थिए । चौधरीलाई प्रहरीले विद्युतीय कारोबार ऐन (साइबर क्राइम) अभियोगमा थुनामा राखी कारबाही अघि बडाएको छ ।
पूर्वप्रहरीसमेत रहेका चौधरी एक महिलासँग नजिक हुँदा उनको तस्वीर खिचेका थिए । सोही तस्वीरपछि उनले महिलाको श्रीमानलाई पठाएका थिए । महिलाललाई भनेर पठाएकोमा झुक्किएर उनको श्रीमानको मोबाइलमा गएको चौधरीले प्रहरीलाई बयानमा बताएका छन् ।
गलत काममा संलग्न भएका कारण चौधरीको प्रहरीबाट जागिर गएको थियो । पछिल्लो समय उनी चालक पेसामा आवद्ध थिए । -नयाँ पत्रिका दैनिक
Post a Comment