|
|
|
|
जिल्लामा १९ वटा मनिट्रान्सफरमार्फत दैनिक रु एक करोड बढी विप्रेषण भित्रने गरेको छ । डिग्रे शाइकुमारी ऋण तथा बचत सहकारीबाट मात्र दैनिक रु २५ देखि ३० लाख बराबरको विप्रेषण जिल्लामा भित्रने गरेको छ ।
हाम्रो बचत तथा सहकारी संस्थाका प्रबन्धक प्रेम खड्काका अनुसार मलेसिया, कतारलगायतका देशबाट पनि दैनिक रु २० लाखसम्मको विप्रेषण भित्रने गरेको छ । सदरमुकाम मुसिकोटमै रहेको प्रभु मनी ट्रान्सफर रुकुम र सिटी एक्सप्रेस रुकुमले पनि दैनिक लाखौँको कारोबार गर्ने गरेका छन् ।
विदेशिएका आफन्त पनि आफ्नै जिल्लाबाट छिटो छरितो रुपमा पैसा पाउने भएकाले मनी ट्रान्सफरहरुप्रति आकर्षित भएको आइएमई रुकुमकी दीपा ओलीले बताउनुभयो ।
वेस्टर्न युनियन मनी ट्रान्सफर रुकुमका शाखा प्रबन्धक अनिल बिएमका अनुसार जिल्ला भित्रने भन्दा बाहिरिने रेमिट दर कमी रहेको छ । दैनिक रु एक करोडभन्दा बढी विप्रेषण जिल्ला भित्रिने भएपछि स्थानीय अर्थतन्त्रमा केही सुधार भएको बताइएको छ । रासस

Post a Comment