Headlines News :
Home » » प्युठानमा हिंसा रोक्न गाँउ–गाँउमा सचेतनामुलक कार्यक्रम संचालन

प्युठानमा हिंसा रोक्न गाँउ–गाँउमा सचेतनामुलक कार्यक्रम संचालन

Written By Unknown on Thursday, May 12, 2016 | 6:10 AM


केशर रोका, प्यूठान/३०-बैशाख । महिला तथा वालवालिका विरुद्ध हुने सवैखाले हिंसाहरुलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका गाउँ–गाउँमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले हिंसा रोक्न जनस्तरसम्म चेतना जगाउनका लागि कार्यक्रमहरु संचालन गरेको हो ।



गतवर्षको पुसदेखि संचालन गरिएको उक्त कार्यक्रम हालसम्म दुर्गम गाविस कोचिवाङ, रजवारा, पूँजा, जुम्रिकाँढा सहित ओखरकोट, बरौला, बांगेशाल, भिंगृ र खलंगा, विजुवार(प्यू.न.पा)मा सम्पनन भईसकेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव निरिक्षक संजिब दुलालले जानकारी दिए ।

सचेतनामुलक ‘भिडियो डकुमेन्ट्री’ सडक नाटक, अन्तरक्रिया, छलफल तथा प्रशिक्षण कार्यक्रम गरिएको उनले बताए । कार्यक्रमबाट करिव चार हजार सात सय सर्वसाधारण प्रत्यक्ष लाभांवित भएको समेत उनले जानकारी दिए ।

‘महिला तथा वालवालिका हिंसा हेर्ने गरी छुट्टै सेवा केन्द्र जिल्ला प्रहरी कार्यालयमा स्थापना गरेका छौँ’,उनले भने,‘महिला कर्मचारीद्धारा नै यो स्थापना गरिएको छ । गाउँ गाउँमा पुग्दा यसवारे पनि सर्वसाधारण लाई जानकारी गराएका छौँ ।’

महिला तथा वालवालिका विरुद्ध हुने हिंसा रोक्नका लागि सवैको सकारात्मक पहल आवश्यक पर्ने समेत उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय परिसर भित्रै महिला तथा वालवालिका हिंसालाई प्रभावकारी ढंगले हेर्ने गरी दुई तले आधुनिक पक्की भवनको निर्माण कार्य शुरु भएको समेत उनले बताए ।

सचेतनामकुलक कार्यक्रममा लैंगिक हिंसा नियन्त्रण जिल्ला स्तरीय कार्यकारणी समितिका अध्यक्ष पार्वता आचार्य, उपाध्यक्ष विष्णु लवट, प्रहरी नायव उपरिक्षक रंजितसिँह राठौर, प्रहरी निरिक्षक विकास थापा, महिला विकास अधिकृत शान्ति वि.क र प्रहरी नायव निरिक्षक संजिब दुलालले सहजीकरण गरेका थिए ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger