Headlines News :
Home » » प्रचण्ड र बादलको एकता घोषणा जेठ पहिलो साता हुने पक्का

प्रचण्ड र बादलको एकता घोषणा जेठ पहिलो साता हुने पक्का

Written By Unknown on Sunday, May 8, 2016 | 10:34 PM


२७ वैशाख, काठमाडौं । एकीकृत नेकपा माओवादी र नेकपा क्रान्तिकारी माओवादीको बादल समूहबीच जेठको पहिलो साता पार्टी एकता हुने भएको छ ।

दुबै पक्ष एकताको अन्तिम तयारीमा जुटेका छन् । आइतबार राति अबेर प्रचण्ड र बादलसहितको टीमबीच वार्ता भएको छ । दुबै पक्षवीच सांगठनिक र राजनीतिक विषयमा साझा धारणा बनाउने प्रयास भइरहेको एक उच्च नेताले जानकारी दिएका छन् । बादलसँग भएको छलफलका आधारमा एकताबारे निर्णय गर्न एमाओवादीको बैठक सोमबार पुनः बस्नेछ ।



बैद्य माओवादीका महासचिव बादलले भने मंगलबार केन्द्रीय समितिको बैठक बोलाएका छन् । पार्टी अध्यक्ष मोहन बैद्यले पार्टी एकतालाई टार्ने प्रयासमा बैठक नै नबोलाएपछि बादल बहुमतका आधारमा निर्णय गर्ने अघि बढेका छन् ।

पार्टीका बहुमत सदस्य एकताको पक्षमा देखिएपछि बैद्यले एक महिनाका लागि केन्द्रीय समितिको बैठक स्थगित गरेका थिए । तर, महिना दिनको भाका कट्दा पनि बैद्यले बैठक बोलाएनन् । अब बादल बहुमतका आधारमा निर्णय गरेर प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने तयारीमा जुटेका छन् ।

‘भोलि केन्द्रीय समिति बैठक बोलाइएको छ । पार्टी एकताबारे निर्णय हुन्छ’ एकता पक्षधर नेता रामदीप आचार्यले अनलाइनखबरसँग भने । सचिव देव गुरुङले अन्तिम समयमा बादललाई साथ दिएका छन् । अध्यक्ष मोहन बैद्यसहित उपाध्यक्ष सीपी गजुरेल, नेताहरु हरिभक्त कँडेललगायत भने प्रचण्ड माओवादीसँग एकता नगर्ने पक्षमा उभिएका छन् ।

स्रोतहरुका अनुसार बादलले बहुमतबाट र एमाओवादीले पार्टीबाट निर्णय गरेपछि एकता घोषणाका लागि मात्र बाँकी रहेनछ । एमाओवादीका एक उच्च नेताले भने, दुबै केन्द्रीय समितिलाई मिलाएर जेठ पहिलो साता पार्टी एकताको घोषणा हुन्छ । -onlinekhabarबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger