|
|
|
|
वैशाख २७ दाङ । दाङमा एकजना विद्यार्थीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका छन् ।
गएराति सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका १८ वर्षीय ताराप्रसाद डाँगीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका हुन् ।
गएराति सल्यान सिनबाङ–३ घर भई हाल अध्ययनको शिलशिलामा तुलसीपुर–४ विशालनगर टोलमा बस्दै आएका १८ वर्षीय ताराप्रसाद डाँगीले 'सुसाइड नोट' लेखेर आत्महत्या गरेका हुन् ।
डाँगीले 'सुसाइड नोट' कवितात्मक शैलीमा लेखेका छन् । जसमा उनले आफ्नो स्वास्थ्य ठीक नभएको र उपचारका लागि आवश्यक रकमपनि नभएको कारण आत्महत्या गरेको लेखेका छन् । डाँगीले लेखेकोसुसाइड नोटमा आफ्नो मृत्युको प्रमुख कारण गरिवी र रोगलाई नै उल्लेख गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाइँले जानकारी दिए ।
प्रहरीका अनुसार मृतक डाँगीलाई छारे (मृगी) रोग भएको खुल्न आएको छ । उनले त्यसका लागि नियमित औषधि सेवन गर्दै आएका थिए । तर पछिल्लो समय औषधि किन्ने र कलेजमा पढाइ शुल्क तिर्ने रकम पनि नभएपछि आत्महत्या गरेको कारण उनलेसुसाइड नोटमा उल्लेख गरेका छन् । मृतक डाँगी तुलसीपुर स्थित ग्रेट अरनीको उच्चमाविमा कक्षा ११ मा अध्यनरत थिए । उनी अध्यनका लागि तुलसीपुरमा कोठा भाडामा बस्दै आएका थिए ।
मृतकको शव पोष्र्टमार्टमा लागि अञ्चल अस्पातल तुलसीपुरमा राखिएको छ। सिलिङ्ग फ्यानमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा डाँगीको सव फेला परेको इलाका प्रहरी कार्यालय तुलसीरपुरले जनाएको छ । नारायण खड्का, सेतोपाटीबाट

Post a Comment