Headlines News :
Home » » यस्तो सहमति भएपछि दुई दिनदेखिको राप्तीको चक्काजाम खुल्यो !

यस्तो सहमति भएपछि दुई दिनदेखिको राप्तीको चक्काजाम खुल्यो !

Written By Unknown on Sunday, May 8, 2016 | 10:23 PM


तुलसीपुर-२७, वैशाख । आइतवार बेलुका देखि दाङ सहित राप्तीमा हुँदै आएको चक्काजाम खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय घोराहीमा प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेको रोहवरमा भएको छलफलपछी आईतवार बेलुका साढे सात बजेपछी चक्काजाम खुलेको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए ।



उक्त छलफलमा अबरोध हटाई स्वच्छ प्रतिपर्धा गरी यातायात सुचारु गर्ने बारेमा सबै समितिहरुका विचमा सहमति कायम भएको एसपी कडायतले बताए । यातायात ऐन, नियामवली र यो संग सम्वन्धित अन्य कानुनहरुलाई परिपालन गर्ने सवालमा सबै समितिले सहमती जनाएका छन् ।

पुरानागाडी भित्र्याउन र सञ्चालन गर्न नपाउने समझदारी
अब देखि जिल्लामा कुनै समितिले पनि अनेत्र सञ्चालनमा आएका पुराना गाडी भित्र्याउन पाउने छैनन् ।

आइतवार नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका राप्ती अञ्चल संयोजक एवं महासंघका केन्द्रीय सदस्य भरतनाथ योगीको अध्यक्षतामा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति, मालिका कालिका यातायात प्रालि र दाङ यातायात प्रालिका विचमा त्यस्तो सहमती भएको हो ।

जसमा सबै समितिका पदाधिकारीहरुले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा अनेत्र सञ्चालन गरिएका पुराना गाडीहरु भित्र्याउन नपाउने र सञ्चालन हुने नयाँ गाडीहरु राप्तीवासीको नाममा मात्रै प्रमाणपत्र भएकोलाई मात्रै सञ्चालन गर्न पाउने कुरामा सबै समितिका पदाधिकारीहरुले सहमति जनाएका छन् ।

यो संगै दाङ सहित राप्तीका पाँच जिल्लामा दुई दिनयता हुँदै आएको चक्का जाम खुलेको हो । चक्काजाम खुलेपछि अहीले सडकमा यातायातका साधनहरु सञ्चालनमा आउन थालेका छन् ।

उक्त छलफलमा राप्ती अञ्चल सार्वजनिक यातायात व्यवासायी समितिका पदाधिकारी, मालिका कालिका यातायात प्रालिका पदाधिकारी, दाङ यातायात प्रालिका पदाधिकारी लगायत अन्य यातायात व्यवसायीहरुको पनि सहभागीता थियो । -तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger