|
|
|
|
सर्कुलरमा दलाल, भ्रष्ट, तस्कर नेता, कर्मचारी तथा राजनीतिक दलका नेता–कार्यकर्तालाई नछाडिकन कारबाही गर्न भनिएको छ । विप्लव माओवादी स्रोतका अनुसार, जारी गरिएको गोप्य सर्कुलरमा दलाल, भ्रष्ट, तस्करहरुले देशलाई खोक्रो गराएको उल्लेख गर्दै उनीहरुलाई कारबाही गर्न निर्देशन दिइएको छ ।
विप्लव माओवादीका एक नेताका अनुसार, पहिलो चरणमा सुध्रनका लागि सचेत गराइने र त्यसो गर्दा पनि अटेरी गर्नेलाई कालोमोसो दल्ने निर्देशन पार्टी नेतृत्वले दिएको छ । स्रोतका अनुसार पहिलो चरणमा शैक्षिक माफियाहरुलाई कारबाही गर्न निर्देशन दिइएको छ ।
छिट्टै सशस्त्र संघर्ष गर्ने तयारीमा रहेको भनिएको यो पार्टीले यसरी प्रतिकात्मक रुपमा कारबाही गर्दा पनि नसुध्रिएमा पछि थप कारबाही गर्ने योजना बनाएको स्रोतको दाबी छ । पार्टीको यस्तै सर्कुलर अनुसार विप्लव माओवादीका कार्यकर्ताले केही जिल्लामा कारबाही थालेका छन् । nepalsandesबाट साभार

Post a Comment