|
|
|
|
सलिम अन्सारी/बैशाख २५, प्युठान । स्वर्गद्धारि दर्शन गरि फर्कदै गरेको कार शनिवार भिङ्ग्री १ ढाडमा दुर्घटना हुँदा २ जना तिर्थयात्रुको घटनास्थल मै मृत्यु भएको छ भने ५ जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा तुलसिपुर नगरपालिका १९ उर्हरी निबासि १९ वर्षीया बिमला खनाल, तुलसिपुर नगरपालिका १९ कै १३ बर्षिय अस्मिता खनाल रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले बताएको छ ।
आज मध्यान्हको समयमा स्वर्गद्धारी दर्शन गरि दाङ तर्फ फर्कदै गरेको बा १४ च ३८३९ नम्बरको स्कारपियो कार बाटो चिप्लो भएका कारण दुर्घट्ना भएको प्रहरिले जनाएको छ । घाइतेहरूको नेपाल प्रहरी र स्थानीय समुदायले उद्धार गरेका थिए । दुर्घटनामा घाइते ३ जनाको जिल्ला अस्पताल बिजुबारमा उपचार भइरहेको छ । घाइते २ जनालाई थप उपचारका लागि बुट्वल रिफर गरिएको छ ।
रिफर हुनेहरूमा तुलसिपुर नगरपालिका १९ निबासी बर्ष १९ कि बसन्ता खनाल र बर्ष ६४ कि दिया खनाल रहेका छन् । घाइते अन्य ३ जनाको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको छ । अन्य घाइतेमा २५ बर्षिय कमला खनाल, ४६ बर्षिय कौशिला खनाल, २० बर्षिय शारदा खनाल छन् । कारमा सवार ११ तिर्थयात्रु मध्य १ जना हराइरहेको र ३ जना सकुशल रहेको बताइएको छ । दुर्घट्नाग्रस्त कारमा सवार भएका सबै दाङ उर्हरी निबासी हुन । sajhasabalबाट साभार

Post a Comment