Headlines News :
Home » » दाङमा एकै घरका चार जनाको सामुहिक अन्तेष्टि गरियो !

दाङमा एकै घरका चार जनाको सामुहिक अन्तेष्टि गरियो !

Written By Unknown on Sunday, May 8, 2016 | 10:52 PM


बैशाख २७ दाङ । प्यूठानमा खहरेखोलाले बगाउँदा मृत्यु भएका दाङका एकै घरका चार जनाको आइतवार उरहरीको बबईनदिमा सामुहिक अन्तेष्टि गरिएको छ ।

उक्त दुर्घटनामा एकै परिवारका आमा, छोरा र दुइ जना नातिनीको सामुहिक अन्तेष्टि गरिएको हो । सामुहिक अन्तेष्टि स्थलमा पुगेका अधिकाँस मलामीको आँखामा आँसु भरिएको थियो । मृतक ६५ वर्षीया दुवा खनालका कान्छा छोरा नारायण खनालले लक्सरै राखेका चारवटा चितामा दागवत्ति दिएका थिए ।



आमा छोरा र दुई जना नातिनीको सामुहिक अन्तेष्टि कार्य निकै कारुणिक थियो । स्वर्गद्धारी प्रभुको दर्शनमा गएका एकै परिवारका चार जनाको मृत्यु भएपछि उरहरी गाउँ शोकमा डुवेको छ ।

स्वर्गद्धारी प्रभुको दर्शनका लागि प्यूठान गएका दाङ तुलसीपुर १९ उरहरीका ६५ वर्षीया दुवा खनाल, उहाँका ५० वर्षीय छोरा सुकदेव खनाल नातिनी १९ वर्षीया विमला खनाल र १२ वर्षीया अस्मिता खनालको आइतवार उरहरी स्थित बबई नदि घाटमा सामुहिक अन्तेष्टि गरिएको हो ।

दुर्घटनामा परेका मध्ये दुवा खनालको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो भने अन्य तीन जनाको घटना स्थलमै मृत्यु भएको राप्ती अंचल प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता तुलवहादुर कार्कीले बताए ।

स्वर्गद्धारी प्रभुको दर्शन गरेर घरतर्फ फर्कदै गर्दा प्यूठानको भिंगृ–१ स्थित मुहान खोलाले शनिवार दिउँसो उनीहरु सवार बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई बगाउँदा उक्त दुर्घटना भएको थियो । ratopatiबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger