Headlines News :
Home » » सल्यानमा यो वर्ष २७ करोडको सुन्तला

सल्यानमा यो वर्ष २७ करोडको सुन्तला

Written By Unknown on Wednesday, May 11, 2016 | 11:12 PM


दिपक शर्मा, सल्यान ३०, बैशाख । सल्यानमा यो वर्ष २७ करोडको सुन्तला उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यो वर्ष २७ करोड ११ लाख २५ हजार बराबरको उत्पादन भएको जनाएको छ । गत वर्षको भन्दा यो वर्ष २ करोडको उत्पादन बढि भएको छ ।

६ हजार २५ मेटिक्टन सुन्तला जिल्ला बाहिर निकासी भएको जिल्ला कृषि विकास कार्यालयका योजना शाखाका प्रमुख पृथ्वीराज लामिछानेले जानकारी दिए । उनले भने यो वर्ष ६ हजार २५ मेटिक्टन सुन्तला जिल्ला बाहिर निकासी भएको छ, गत वर्ष भन्दा यो वर्ष ८ दशमलव १ प्रतिशतले निर्यात परिणाम बढेको छ । कार्यालयका अनुसार सुन्तला उत्पादनका लागि अनुकुल वातावरण, रोगको नियन्त्रण हुनु तथा असिना नपरेपछि गतवर्ष भन्दा यो वर्ष सुन्तलाको उत्पादन बढेको छ ।




गत वर्षभन्दा २१ दशमलव ६४ प्रतिशतले आयमा बृद्धि गर्न किसानहरु सफल भएको लामिछानेले जानकारी दिए । उनका अनुसार अनुकुल वातावरण र बगैचा व्यवस्थापन गरिएका कारण पनि उत्पादनमा वृद्धि भएको हो ।

उनले भने किसानहरुको कृषिमा आर्कषण बढ्दै जानु, अनुकुल वातावरण हुनु तथा वगैंचा व्यवस्थापन गरिएका कारण गतवर्ष भन्दा यस वर्ष २१ दशमलव ६४ प्रतिशतले आयमा वृद्धि भएको छ । जिल्लाका वागचौर नगरपालिका,शारदा नगरपालिका, जिमाली, फलावांग लगायतका क्षेत्र सुन्तलाको लागि पकेट क्षेत्र मानिएको छ । सुन्तला खेतीमा भविश्य मानिने भएपछि किसानहरु बढि उत्साहित भएका छन् ।

बाझो भनेर केही नगरी छाडिएका जमिनमा पनि सुन्तलाका वेर्ना लगाएर सुन्तला खेती गर्न थालेपछि कृषक सुन्तला खेतीमा आकर्षित भएको वरिष्ठ कृषि अधिकृत टेक प्रसाद लुइटेलले जानकारी दिए । जिल्लामा १ हजार ३ सय ३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आइरहेको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger