Headlines News :
Home » » नियमबिपरित संचालन गरिएको भन्दै तुलसीपुरको तुलसी पेट्रोल पम्पमा सिल

नियमबिपरित संचालन गरिएको भन्दै तुलसीपुरको तुलसी पेट्रोल पम्पमा सिल

Written By Unknown on Saturday, May 7, 2016 | 11:38 PM


तुलसीपुर, २६-बैशाख । नापतौल तथा गुणस्तर क्षेत्रीय कार्यालय नेपालगञ्जले तुलसीपुरको एउटा पेट्राल पम्पको नोजल सिल गरिदिएको छ ।

शनिवार छड्के चेक जाँचमा आएको गुणस्तर कार्यालय सहित मन्त्रालयका पदाधिकारीले तुलसीपुर ६ तुलसीपुरको तुलसी व्यापार सेवाको पेट्रोल पम्प नियम संगत रुपमा सञ्चालन नगरिएको भन्दै सिल गरिदिएको हो ।



छड्के अनुगमनमा आएको अनुगमन टोलिले टिजेल एवं पेट्रोल पम्पको जाँचगर्दा पेट्रोल पम्पवाट १०० मि.लि. प्रति १० लिटर घटी विक्रि वितरण गरेको पाइएपछि पेट्रोल पम्पको नोजलमा विक्रिवितरण गर्न नपाउने गरी सिलवन्दी गरिदिएको हो ।

आपुर्ति मन्त्रालयका उपसचिव बाबुराम भुषाल,राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल मर्हजन , गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय नेपालगञ्जका वरिष्ठ निरिक्षक शम्भुकुमार झाँ, कार्यालयका जुनियर निरिक्षक बलबहादुर डाँगी,राष्ट्रिय उपभोक्ता मञ्च दाङका अध्यक्ष रोमहर्ष भण्डारी लगायतको अनुगमन टोलिले उक्त पेट्रोल पम्पमा अर्काै व्यवस्था नभए सम्मका लागि पेट्रोल पम्पमा सिलवन्दी गरिएको जानकारी दिएको छ । तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger