Headlines News :
Home » » अपडेटः प्युठान जीप दुर्घटना, मृतकको संख्या चार पुग्यो, थप चारजनाको कोहलपुरमा उपचार हुँदै

अपडेटः प्युठान जीप दुर्घटना, मृतकको संख्या चार पुग्यो, थप चारजनाको कोहलपुरमा उपचार हुँदै

Written By Unknown on Saturday, May 7, 2016 | 11:27 PM


वैशाख २६, दाङ । प्यूठानमा खोलाले जिप बगाउँदा तुलसीपुर उरहरीका एकै परिवारका चार जनाको मृत्यु भएको छ। थप चारजनाको कोहलपुरमा उपचार भइरहेको छ। उरहरी निवासी स्थानीय पूर्ण केसीका अनुसार उपचारका क्रममा ६५ वर्षीया दुवा खनालको कोहलपुरमा मेडिकल कलेजमा मृत्यु भएको हो ।



स्वर्गद्धारी मन्दिर दर्शन गरेर घरतर्फ फर्कदै गर्दा भिंगृ–१ स्थित मुहानखोलाले बगाउँदा तुलसीपुर–१९ उरहरी दाङका एकै घर परिवारका तीन जनाको मृत्यु भएको थियो।

शनिबार दिउँसो चारवजे बा १४ च ३८३९ नम्वरको स्कारपीओ जिपलाई स्थानीय ठाडो खोलाले बगाउँदा ५० वर्षीय बाबु सुकदेव खनाल र उनकी १९ वर्षीया छोरी  विमला खनाल र सुकदेवको भाईको छोरी १२ वर्षीया अस्मिता खनालको घटनास्थलमै मृत्यु भएको अञ्चल प्रहरी कार्यालय राप्तीका प्रवक्ता तुलवहादुर कार्कीले जानकारी दिए।
कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी ६५ वर्षीया दुवा खनाल मृतक सुकदेव खनालकी आमा हुन्।

 उनीहरु शनिबार विहान सवा पाँच वजे मात्रै स्वर्गद्धारीको दर्शनको लागि गएका थिए।  स्वर्गद्धारी दर्शन पछि घर फर्किदै गर्दा जिपलाई खोलाले बगाएको थियो।

शनिबारको वर्षाले वाटो निर्माणगर्दै गरेको स्थानमा माथिवाट हिलो सहितको लेदोमा गाडी फसेपछि आएको वाढीले उनीहरु सवार स्कार्पियो बगाएको थियो।  दुर्घटनामा परी खनाल परिवारकै थप चार जना घाईते भएका छन्।

मृतक सुकदेव खनालकी श्रीमती ४६ वर्षीया कौशिला खनाल, साईली छोरी २२ वर्षीया शारदा खनाल, माईली छोरी २६ वर्षीया बशन्ता खनाल, र भाई वुहारी ३५ वर्षीया कमला खनाल घाईते छन्।

उनीहरुको स्वास्थ्यमा क्रमिक सुधार आएको कोहलपुर मेडिकल कलेजबाट उरहरीको  वडा नं. १९ का सचिव एवं स्थानीय वासी मानवहादुर रावतले जानकारी दिए। एकै परिवारका चार जनाको मृत्यु र अन्य चार जना घाईते भएपछि उरहरी गाउँ शोकमा डुवेको छ।

गाडी चालक कवित चौधरी र अन्य दुई जना सुकदेवका भतिजा सुशील भण्डारी र सुकदेवका माईला ज्वाँई चेतराज अवस्ती सकुसल रहेको वडा सचिव रावतले जानकारी दिए।

मृतक तीन जनाको सव अहिले राप्ती अञ्चल अस्पतालमा राखिएको छ भने उपचारका क्रममा कोहलपुरमा मृत्यु भएकी थप एकजनालाई पनि अञ्चल अस्पताल ल्याएपछि पोष्टमार्टमको कार्य सुरु हुने अस्पताल प्रशासनले जनाएको छ। नारायण खड्का,  setopati

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger