Headlines News :
Home » » दाङमा एक युवतीको सामुहिक बलत्कारपछी व्लेडले यौनी काटेको खुलासा

दाङमा एक युवतीको सामुहिक बलत्कारपछी व्लेडले यौनी काटेको खुलासा

Written By Unknown on Wednesday, May 11, 2016 | 11:30 PM


सन्तोषकुमार गुप्ता । बैशाख ३०, दाङ । दाङको तुलसीपुरमा एक युवतीको सामुहिक बलत्कार भएको खुलासा भएको छ । दाङको तुलसीपुर नगरपालिका—१९ कटाँहामा १८ वर्षीय एक जना युवतीलाई बलात्कार पछि धारिलो औजार वा व्लेडले यौनी काटेको खुलेको छ ।

उनको यौनी व्लेड वा धारिलो औजारले काटेको जस्तो देखिएको र त्यसवाट उनको अत्यधिक रक्तस्राव भएको हुन सक्ने आशंका उपचारमा संलग्न चिकित्सकले पनि गरेका प्रहरीले बताएको छ । बैशाख १५ गते राति घरमा सुतिरहेकी किशोरीलाई अपरिचित युवाहरुले बलात्कार गरेको भन्ने जाहेरी पिडित पक्षले दिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी कृष्ण प्रसाँईले जानकारी दिए ।



तर किशोरीले पहिला चिनजानका व्यक्तिलाई घरमा प्रवेश दिएपछि अन्य यूवाहरु पनि घुसेको हुनसक्ने र उनीहरुले नै बलात्कार गरेकी भन्ने आशंका व्यक्त गरेको छ । त्यही क्रममा किशोरीले प्रतिरोध गरेपछि युवाहरुले व्लेड वा धारिलो औजारे उनको यौनी चिरेको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।

घटनाको १४ दिन पछि मात्रै किशोरीको बलात्कार भएको प्रहरीले जानकारी दिएको हो । यसअघि प्रहरीले बलात्कार भन्दापनि अबैद्य गर्भ फाल्न ती किशोरीले औषधी खाँदा बढी ब्लडिङ भएको हुन सक्ने आशंका व्यक्त गरेको थियो । तर किशोरीका बाबु छिमेकी देश भारतवाट आएर आफ्नी छोरीमाथि बलात्कार भएको किटानी जाहेरी दिएपछि प्रहरीले स्थानीय एकजना युवालाई पक्राउ गरेर अनुसन्धान सुरु गर्दा बलात्कार भएको खुल्न आएको प्रहरीले बताएको छ ।

१५ गते मध्यरातमा १८ वर्षीया किशोरी माथि दुई/तीन जना युवाले बलात्कार गरेको खबर पाएलगतै प्रहरीले ती युवतीको उद्धारगरी राप्ती अञ्चल अस्पतालमा उपचार गराएको थियो । उनको अत्यधिक रक्तस्राव भएको हुँदा सुरुमा प्रहरीले ती किशोरीले अबैद्य गर्भ फाल्न औषधी खाइनकी भन्ने आशंका व्यक्त गरिएको थियो ।

तर डाक्टरले किशोरीको यौनीमा धारिलो औजार वा व्लेडले चिरेको जस्तो घाउ देखिएको बताएपछि सोही कारणले उनको अत्यधिक रक्तस्राव भएको हुनसक्ने आशंका गरिएको छ । घटनामा संलग्न अन्य युवाहरुको थिए भन्ने खुल्न नसकेको र घटानावारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger