Headlines News :
Home » » दाङको एउटा पुरै गाउँ मृत्युको मुखबाट यसरी जोगियो

दाङको एउटा पुरै गाउँ मृत्युको मुखबाट यसरी जोगियो

Written By Unknown on Monday, May 9, 2016 | 5:18 AM


बैशाख २७, दाङ  । तुलसीपुर १० भट्टेका गाउँलेहरु जोखीपूर्ण खतराबाट जोगीएका छन् ।

खानेपानीको टंकीमा मेटासिट नामक विषादी हालेको जानकारी पाएपछि मृत्युको सम्भावित जोखीमबाट सिंगो गाउँ जोगिएको लिस्नेखोली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव केशरबहादुर वलीले जानकारी दिनुभयो । उहाँका अनुसार बिहान धारामा पानी खोल्ने क्रमामा गन्ध आएपछि एकपछि अर्को गर्दै गाउँभरि हल्ला भएको थियो ।


गाउँको शिरानमा रहेको खानेपानीको ५५ हजार लिटर क्षमताको रिजर्भवायर टङ्कीमा स्थानीय प्रेम खत्रीले विषादी हालेको भन्दै पक्राउ गरेर गाउँलेले प्रहरीलाई बुझाएका छन्  । ‘पाँच वजे धारामा पानी खोल्दा ह्वास्स, पानी गन्ध आयो, किन आज यस्तो पानी आयो भनेर घरपरिवारमा खुल्दुली मच्चियो’,स्थानीय नरबहादुर वलीले भन्नुभयो, ‘केहि समयपछि  छिमिकीले पनि यस्तै भन्न थालेपछि एकैछिनमा गाउँभरिका मान्छे जम्मा भएर चौकीदारलाई धारा बन्द गर्न पठायांै । ट्याङ्कीमा हेर्दा जम्मा भएको पुरै पानी सेताम्य र मेटासिटको डुङडुङ्ती गन्ध आएपछि प्रहरीलाई खबर गरेका हौं ।’

विषादीयुक्त पानी परिक्षणका लागि त्यहाँको उपभोक्ता समितिले नेपालगञ्जमा रहेको पानी प्रयोगशालामा पानी पठाइएको छ । अन्य दिनको गतिविधि र रातको समयमा खत्रीलाई गाउँमा ओहोरदोहर गरेको देखेपछि  गाउँलेहरुले उनलाई शंका गरेका हुन् । स्थानीयले ट्याङ्कीमा करिब १५ लिटर विषादी हालेको अनुमान गरेका छन् ।

डेढ घण्टा पैदल हिडेर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा सैयांैको संख्यामा पुगेका गाउँलेहरुले पक्राउ परेका खत्रीलाई हदैसम्मको कार्बाही हुनुपर्ने माग गरेका छन् । ५ सयको संख्या रहेका भट्टेका स्थानीयहरुका लागि पानी बितरण गर्दै आएको उक्त टंकीबाट १ सय १५ वटा धारा बितरण गरिएको छ । -ओपेन्द्र बस्नेत, dangkhabarबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger