|
|
|
|
बेपत्ता, घाईते, अपांग, विस्थापित, सम्पती क्षति, अपहरण, हत्या र बलात्कारसम्बन्धी उजुरी परेको स्थानिय शान्ति समिति दाङले जनाएको छ । एक वर्ष अघि गठन भएको आयोगले बैशाख ५ गते देखी सुरुगरेको उजुरी संकलन आगामी असार दुई गतेसम्म जारी राख्ने छ ।
आयोगले २०५२ साल फागुन १ देखि २०६३ मंसिर १ गतेसम्म भएको शसस्त्र द्वन्द्वको समयको मात्र उजुरी लिने जनाएको छ । शान्ति समितिको तथ्यांक अनुसार जिल्लामा १ सय ३९ जना बेपत्ता छन् ।
यसैगरी ६ सय १९ जनाको मृत्यु, ८ सय २७ को अपहरण, ५ सय ८६ घाइते अपांग र ९ सय ६९ विस्थापित भएका छन् । यस्तै ९ सय ४६ को सम्पत्ति क्षति, ७ जना टुहुरा, १ सय ९१ कैद हिरासत र २ जनाको सम्पत्ति कब्जा छ । tulasipuronlineबाट

Post a Comment