|
|
|
|
यस सडक खण्डको चारवटा जति खोलामा पुल निर्माणका लागि ३ वर्ष अघि टेन्डर भएपनि काम पुरा नहुँदा वर्षायाममा यात्रा जोखिमपूर्ण बनेको छ भने यात्रुले सास्ति खेप्नु परेको छ ।
पुल निर्माणका लागि महाशाखाबाट आर्थिक वर्ष २०६९/७० मा टेण्डर भएको थियो । राप्ती लोकमार्गको ४ स्थान सल्यानको अरिङगाले फेदी, थारमारे, चाख्लीघाट, रुकुमको सिम्रुतु खोलामा पुल निर्माणको लागि टेन्डर भएको वषौँ वित्दा समेत अझै निर्माण कार्य पुरा नहुँदा यातायात सेवा जोखिमपूर्ण बनेको हो ।
तर पछिल्लो समय आएर मात्रै अरिङगाले फेदीमा बल्ल काम सुरु भएको छ । त्यहाँ तीन वर्ष वित्दा सम्म पनि दुई प्रतिसत पनि काम भएको छैन । निर्माण जिम्मा लिएको सुर्खेतको डि लाइट एच वि एच ठेकेदार कम्पनीले चाख्ली घाटमा र थारमारेमा ५० प्रतिशत काम मात्रै पुरा भएको जानकारी दिएको छ ।
सरकारी प्रक्रिया झन्झटिलो र ठेकेदार कम्पनिले ढिला गरि काम सुरु गर्दा समयमै पुल नबनेको एक जानकारहरु वताउँछन । अहिले २५ मिटर लम्बाइको थारमारे पुलमा दर्जनौ पटक सवारी साधन फसिसकेका छन ।

Post a Comment