Headlines News :
Home » » दाङका युवा बैज्ञानिक रोका काठमाण्डौमा सम्मानित

दाङका युवा बैज्ञानिक रोका काठमाण्डौमा सम्मानित

Written By Unknown on Sunday, July 10, 2016 | 5:28 AM


रेखा मगर/असार २६,ब दाङ । युवा बैज्ञानिक मार्शल रोका आज काठमाण्डौमा सम्मानित हुनुभएको छ ।

विगत पाँच वर्षदेखि नयाँ/नयाँ बैज्ञानिक आविष्कार गर्दै आउनुभएका रोकालाइ युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार २०७३ ले सम्मान गरिएको हो ।

 खेर गएका प्लाष्टिक झोलावाट डिजेल उत्पादन गर्ने प्रविधिको विकासमा गरेको मेहनतले विज्ञान र प्रविधिमा क्षेत्रमा योगदान पु¥याएकोमा उच्च मुल्याँकन गर्दै मन्त्रालयले उहाँलाइ सम्मान गरेको हो ।

सृजनशिलता, उत्पादनशिलता र सकारात्मक सोच प्रबाह गरेको भन्दै युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डले युवा वैज्ञानिक रोकालाइ प्रमाणपत्र सहित ५० हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।

दाङको घोराही नगरपालिका वडा नं ११ का रोकाले खोटो र प्लाष्टिकवाट डिजेल, विजुलीबत्ती बल्ने र उज्यालो भएपछि निभ्ने लगाएत थुप्रै उपकरण निर्माण गरिसक्नुभएको छ ।

रोकालाइ आज काठमाण्डौको त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेट सेन्टरको सभाहलमा आयोजित कार्यक्रममा सम्मान गरिएको हो । युवा बैज्ञानिक रोकाले राज्यले आफुजस्ता युवाहरुको लागी वाटो देखाउने काम गर्न सके अझ वढि हौसला मिल्ने वताउनुभएको छ ।

सो अवसरमा रोका लगाएत अन्य ४५ जना युवाहरु पनि सम्मानित भएका छन । कृषि, व्यवसाय र नयाँ आविष्कारका काम गर्नेहरुलाइ हौसला स्वरुप मन्त्रालयले सम्मान गरेको हो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger