Headlines News :
Home » » राप्ती राजमार्ग अन्तर्गत सल्यान थारमारेमा सडक बिग्रीदा यात्रुहरुलाई यस्तो सास्ती !

राप्ती राजमार्ग अन्तर्गत सल्यान थारमारेमा सडक बिग्रीदा यात्रुहरुलाई यस्तो सास्ती !

Written By Unknown on Sunday, July 10, 2016 | 5:28 AM


मेगराज खड्का/असार २६, रुकुम  । सल्यान बागचौर नगरपालिका २, ठिनबाङखोला नजिकै सडक बिग्रीदा गाडि सञ्चालक देखि यात्रुहरुले शास्ती भोगीरहेका छन । बर्षात शुरु भएसगै त्यस क्षेत्रको सडक बिग्रीदा काठमाडौ, नेपालगंज र दाङ बाट सल्यान रुकुम जाने र रुकुम सल्यानबाट काठमाडौ, नेपालगंज र दाङ आउने यात्रुहरु बिच बाटोमै समस्या भोग्ने गरेका हुन ।

जसले गर्दा यात्रुहरुलाई समयमै गन्तब्यमा पुग्न समस्या भैरहेको छ । दाङबाट रुकुम आउन अन्य समयमा ५ घण्टा लाग्ने गरेको भएपनि सडक बिग्रीदा ५ दिन समेत लाग्ने गरेको छ । यात्रुहरु कोहि हिडेरै गन्तब्यमा पुग्ने गरेको भएपनि मालबाहक सवारीसाधननहरु भने लामो समयसम्म उक्त क्षेत्रमा नै शास्ती भोग्ने गरेका छन ।

रुकुम सल्यान दाङ सडक खण्ड ओटाशिल भएको भएपनि थारेमारे स्थित ठिनाबाङ खोला नजिक सडक माथीबाट पहिरो आएर सडक हिलाम्य भएपछि सवारीका साधनहरु उक्लन सक्ने गरेका छैनन । बर्षातका कारण करिब १ किलोमिटर मात्र सडक बिग्रीएर यस्तो समस्या भएको भएपनि सरोकारवाला निकायहरुको चासो दिएको देखिदैन ।

उक्त क्षेत्रमा बर्षातका कारण बाटो बिग्रीएर खेत रोप्ने हिलो झै हिलाम्य भएका कारण यातायातका साधनहरु सगै मोटरसाईकल र पैदल हिडडुल गर्न पनि सजिलो छैन । जसले गर्दा बिच बाटोमा सवारी साधानहरु रोकिदा सयौं यात्रुहरु समस्यामा पर्ने गरेको दाङबाट रुकुम तर्फ आईरहेका एक यात्री गोबिन्द बिश्वकर्माले बताए ।

उनका अनुसार बिरामी, बृदबृद्धा र वालवालिका सगै बिरामीहरु सबैभन्दा यसको मारमा पर्ने गरेका छन । थारेमारे क्षेत्रमा बर्षातको बेला गाडि अवरुद्ध हुने समस्या बर्षेणीको समस्या हो । बर्षातका बेला यस सगै यस सडक खण्डका धेरै ठाउँहरुमा गाडि अबरुद्ध हुने गरेका थिए ।



तर रुकुम दाङ सडक खण्ड स्तरबृदि गरि खोलामा पुल तथा अन्य सडकहरु ओटाशिल गरिएपछि अन्य क्षेत्रमा समस्यामा कमी आएपनि उक्त क्षेत्रमा अझै पनि समस्या जस्ताको जस्तै छ । उक्त क्षेत्रको समस्या समाधानका लागि ठिनबाङ खोलामा पुल निर्माण गरिएपनि ठेकेदारको लाप्रबाहीका कारण समस्या उस्तै रहेको स्थानीयहरुको भनाई रहेको छ ।

उक्त ठिनबाङ खोलाको पुल होचो स्थानमा निर्माण भएका कारण गाडिहरु उकालोमा उक्लन नसकेको देखिन्छ । सडक अग्लो स्थानमा भएपनि पुल निर्माणको स्टमेट होचो गरिदा हिलाम्य उकालो सडकमा गाडिहरु चढ्न नसकेको ड्राईभर भरत केसीले बताए ।

हिलाम्य सडकका कारण फसेका सवारीसधानहरु गन्तब्यमा लैलान सरकारी स्तरबाट कुनै पनि पहल भएको देखिदैन । गाडि सञ्चालक आफैले डोजर बोलाएर गाडि तान्ने गरेका छन । डोजर मार्फत एक पटक गाडि तानेको प्रतिगाडि १५ सय रुपैयाँ लिने गरिएको छ ।

डोजर सञ्चालकले पनि पनि एकदुई ओटा गाडि तान्नका लागि नआउने गरेका कारण धेरै गाडिहरु जम्मा भएपनि मात्र एकदुई दिनको फरकमा मात्र एकैपटक तान्ने गरिएको छ । त्यस्तै कुनै बेला यात्रुहरुले गाडिलाई धकेलेर पनि यात्रा गर्ने गरेका छन ।

यो समस्याले गर्दा गाडि सञ्चालक र यात्रु दुबै मर्कामा परेका छन । त्यसकारण सडक निर्माणको जिम्मा पाएको निकायले छिटोभन्दा छिटो सडक सञ्चालन गरि यात्रुहरु सहजता प्रदान गर्न यात्रुहरुको माग रहेको छ । -तुलसीपुर अनलाइनबाट

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger