|
|
|
|
सर्पको टोकाइबाट मर्मपरिकाँडा ६ कि १३ बर्षिया खिम कुमारी वि.क.को निधन भएको हो । मंगलबार विहान ४ बजे सर्पले टोकेपछि उपचारको लागि रुकुमको चौरजहारी लाँदै गर्दा स्वीकोट ४ शान्तीबजारमा बालिकाको निधन भएको हो ।
सुतिरहेको अवस्थामा सर्पले टोकेको र उपचारको लागि नजिकै अस्पताल नहुदा समस्या भएको बालिकाका बुवा गणेश वि.क.ले बताएका छन ।
सल्यानको उत्तर पश्चिममा पर्ने मर्मपरिकाँडा लगायताका दर्जन गा.वि.स.मा अस्पतालको समस्याका कारण विरामीले समयमा नै उपचार गर्न पाउदैनन ।

Post a Comment