Headlines News :
Home » » रुकुमको जंगलमा नयाँ ‘जनसेना’

रुकुमको जंगलमा नयाँ ‘जनसेना’

Written By Unknown on Tuesday, July 5, 2016 | 10:03 PM


असार २२, काठमाडौ । १० वर्षे माओवादी द्वन्द्वको उद्गमस्थल मानिने रुकुममा फेरी लडाईको नाममा अभ्यास सुरु भएको छ । हतिरयारसहित लडाकुले पुर्वी रुकुममा एक घर एक लडाकु अभियान चलाएर नयाँ युद्धको तयारी गरेको बुझिएको छ ।



पूर्वीगाविसमा मंगोल नेसनल नामक पार्टी कार्यकताले हतियारसहित चन्दा आतकंसमेत मञ्चाउन थालेपछि स्थानिय आतंकित भएका छन । कम्व्याट पोसाक र हरियारसहित प्वाङ र जाङ गाविसका घरघरबाट तान्दा थाल्दा युवा गाँउबाट भागेर कोही काठमाडौ त कोही सदरमुकाम खलंगा पुगेका छन् ।

आपूर्तिमन्त्री गणेशमान पुन प्वाङ निवासी हुन् । नेसनल मंगोल पार्टीका कमाण्डर उपेन्द्र घर्तीमगरले प्रत्येक घरबाट एक व्यक्ति आफ्नो लडाकु दस्तामा समावेश हुन उर्दी जारी गरेको एक युवाले भने, ‘नेपाली सेनाको जस्तो पोषाक र बुट लगाएका हुन्छन्, बन्दुक बोकेर आउँछन् र आफ्नो दस्तामा नगए हत्या गर्ने धम्की दिन्छन्, म त बल्ल भागेर आएँ ।

सदरमुकामबाट दुईदिन पैदल दूरीमा रहेको जाङ गाविस सबैभन्दा बढी आतंकित छ । उक्त गाविसमाथि रहेको लेकमा हतियारबद्ध तालिम दिने तालिम केन्द्रसमेत रहेको स्थानीयले बताए । त्यहाँ करिव १ सय ५० जनाको संख्यामा तालिम सञ्चालन भइरहेको स्रोतको दाबी छ ।

उपेन्द्र घर्तीमगर जाङ गाविस–२ खारखोला निवासी भारतीय पेन्सनरका छोरा हुन् । उनले विगतदेखि नै विभिन्न हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको बताइन्छ । रुकुम प्रहरीले केही समय अघि उनलाई १५ लाख बराबरको कम्ब्याड पोसाक र लडाकुको विभिन्न दज्र्यानी चिह्नसहितका सामग्री सहित पक्राउ गरी हिरासतमा राखेको थियो । केही समय हिरासतमा बसि उनी धरौटीमा रिहा भएका थिए ।

त्यसपछि उनले भूमिगत गतिविधि सञ्चालन गर्दै आएका छन् । उनले गाउँमा मान्छे कुट्ने, नक्कली सर्टिफिकेट बनाएर विक्रि गर्ने, झैझगडा मिलाएरअनुसार मोटो रकम असुल्ने चन्दा उठाउने, युवालाई जर्ववस्ती तालिम दिने उनका दैनिकी हुन् । -जनआस्था साप्ताहिकबाट साभार

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger