|
|
|
|
जिल्लाका ७८ विद्यालयहरुले निजी शिक्षकको भरमा पठनपाठन सञ्चालन गर्दै आएको समाचार राप्ती पोष्ट दैनिकले छापेको छ ।
दरबन्दी तथा राहत शिक्षकहरुले दुर्गम स्थानमा रहेका विद्यालयमा जान नमान्दा लामो समयदेखि ७८ विद्यालयहरु दरबन्दीविहीन बनेका छन् ।
जिल्लामा रहेका १ सय ३० निम्नमाध्यमिक विद्यालयहरुमध्ये ४१ वटा विद्यालय दरबन्दीविहीन छन् ।
त्यस्तै ३ सय २७ प्राथमिक विद्यालयमध्ये २२ वटा र १ सय ३० माध्यमिक विद्यालयमध्ये १५ वटा विद्यालय दरबन्दीविहीन अवस्थामा छन् ।
Post a Comment