|
|
मुम्बई । बलिउड स्टार सलमान खान र अक्षय कुमारसँग समेत काम गरिसकेकी एक नायिका गोवाको पाँचतारे होटलबाट यौन क्रियाकलाप गर्दै गर्दा पक्राउ परेकोबारे नयाँ खुलासा भएको छ ।
प्रहरीले एक ग्राहकसँग रंगेहात पक्राउ गरेको उक्त घटनाबारे नायिकाकी आमाले नै बचाउ गरेकी हुन् । उनले त्यो सेक्स र्याकेट नभई हिरोइनको अडिशन भएको दावी गरेकी छन् ।
रिपोर्टका अनुसार यसका पछि मुम्बईकी आयशा सैयद लागेकी छिन् । उनले यो र्याकेट चलाएकी हुन् । पणजी प्रहरीले एक फर्जी ग्राहकका माध्यमबाट यस नेटवर्कको भण्डाफोर गरेको हो ।
आयशाले नक्कली ग्राहकसँग जोडिएर अभिनेत्रीका लागि तीन लाख भारतीय रुपैयाको सौदा गरेकी थिइन् र यसको ५० प्रतिशत पहिलै मागेकी थिइन् ।
सोही क्रममा प्रहरीले गोवा आइरहँदा एक आईएनजीओको सहयोगमा छापामारी गिरफ्तार गरेको थियो । प्रहरीले नायिकालाई सामान्य कानुनी कारबाही पछि राज्य सरकारको सुधारगृहमा पठाएको थियो ।
आयशा प्रहरी हिरासतमा रहेकी छन् । उनीमाथि अवैध तरिकाले तस्करी गरेको आरोप लागेको छ । सलमानको दबंग फिल्ममा समेत काम गरिसकेकी ती नायिकाकी आमाले आफ्नो छोरीलाई षढ्यन्त्र गरी फसाइएको बताएकी छन् ।
Post a Comment