Headlines News :
Home » » रोल्पामा ढुंगा पन्छाउने क्रममा गुफा भेटियो, प्रचारप्रसार गरिदिन स्थानीयद्वरा सबैसंग आग्रह

रोल्पामा ढुंगा पन्छाउने क्रममा गुफा भेटियो, प्रचारप्रसार गरिदिन स्थानीयद्वरा सबैसंग आग्रह

Written By Unknown on Sunday, November 20, 2016 | 10:12 PM


अभिलाष राजभण्डारी/मङ्सिर ६, दाङ । रोल्पाको डुब्रिङमा गुफा पत्ता लागेको छ । डुब्रिङ गाविस वडा नम्वर–९ तल्लो रतनधारामा स्थानीयहरुले सडक निर्माण गर्दा गुफा पत्ता लागेको हो ।


 बसेरी खोलादेखि धारापानी जोड्ने सडकअन्तर्गत तल्लो रतनधारामा स्थानीयहरुले कार्तिक १० गते बाटो बनाउँदा गुफा पत्ता लागेको स्थानीय गणेश बुढाले जानकारी दिनुभयो ।

बाटो बनाउँदै गर्दा सडक छेउमा रहेको ठूलो ढुंगा पन्छाउँदा गुफा देखिएको हो । अमरबहादुर घर्तीको जग्गामा रहेको गुफा पत्ता लागेपछि स्थानीयहरुले त्यसलाई संरक्षण तथा प्रचारप्रसार गर्न थालेका छन् । ढुंगा पन्छाउँदा गहिरो आकारमा गुफा भेटिएको र त्यहाँ विभिन्न  आकृतिहरु देखिएपछि स्थानीयहरुले त्यसलाई संरक्षणमा लागेका हुन् ।

गुफामा गणेश, गाईको थुन, शिवलिंगलगायत विभिन्न देविदेवताका आकृति देखिने स्थानीयहरुले बताएका छन् । गुफा पत्ता लागेसँगै स्थानीयहरुले त्यहाँ पूजाआजा गर्न थालेका छन् । स्थानीय धामीझाँक्रीहरुले त्यस आसपासमा उत्खन्न गरे मुर्तिहरु, पुराना खजानाहरु भेटिन सक्ने अनुमान गरेको स्थानीय बुढाले बताउनुभयो । गुफा पत्ता लागेपछि अवलोकन गर्न जानेहरु पनि बढेका छन् ।

दाङ र रोल्पालाई जोड्न वर्षौंदेखि प्रयोग गर्दै आइएको सो गोरेटो बाटोको स्तरोन्नतिका लागि काम हुँदै थियो । भेटिएको गुफाको विकासका लागि स्थानीयहरुले व्यवस्थापन समिति गठन गरी विभिन्न गतिविधिहरु सञ्चालन गर्न सुरु गरेको छ ।

समितिले त्यो गाउँका प्रत्येक घरधुरीबाट अनिवार्य १ हजार रुपैयाँ सहयोग संकलन गरेको छ, भने अन्य गाउँबाट स्वच्छाले सहयोग संकलन गरेर मन्दिर निर्माण गर्ने योजना बनाएको समितिका सचिव माया वलीले जानकारी दिनुभयो ।

नारायणपुर बजारदेखि १३ किलोमिटर उत्तरतर्फको दुरीमा रहेको गुफाको गुप्तेश्वर महादेव नामाकरण गरिएको छ । महाशिवरात्रीको दिन गुफाको आसपासमा मेला आयोजना गर्ने व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर बुढाले जानकारी दिनुभयो । सो सडक खण्डलाई रोल्पाको हालेरी जोडन सके प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र प्युठानको स्वर्गद्वारीमा पुग्न सहज हुने स्थानीयहरु बताउँछन् ।

भर्खर पत्ता लागेको गुफाको विकासका लागि स्थानीयहरुले जिल्लाका विभिन्न निकायहरुसँग सहयोगका लागि अनुरोध समेत गरेका छन् । मुरुले लेकको काखमा अवस्थित तल्लो रतनधारा गाउँमा भेटिएको गुफाको विकास गर्नसके ग्रामिण पर्यटकीय क्षेत्र बन्नसक्ने स्थानीयहरु बताउँछन् ।

त्यहाँ रहेको मुरुले लेकलाई समेत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने उनीहरु बताउँछन् । रोल्पा र दाङको सिमानामा रहेको मुरुले लेकमा भ्यु टावर निर्माण गरे दुवै जिल्लाको रमणीय भुभाग अवलोकन गर्न सकिने अध्यक्ष बुढाले बताउनुभयो ।

मुरुले लेक टाढाबाट पनि देखिने जिल्लाको ठूलो पहाड मध्य एक मानिन्छ ।
व्यवस्थापन समितिका सचिव वलीले गुफा अवलोकन गर्न आउने पर्यटकहरुको चाप बढे स्थानीयस्तरमा होमस्टे सञ्चालन पनि गर्न सकिने बताउनुभयो ।

विकट क्षेत्रका रुपमा रहदै आएको तल्लो रतनधारा गुफाको विकास भएसँगै चर्चामा आउन सक्ने स्थानीयहरुले अपेक्षा गरेका छन् । मगर समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रलाई विकास गर्न राज्यले खासै ध्यान दिन नसकेको स्थानीयहरुको गुनासो पनि छ । समाचार आजको गणतन्त्र दैनिकमा छापिएको छ ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger