Headlines News :
Home » » आमाको  जीवन बचाउन दाङका एक्काइस वर्षे छोरा सडकमा

आमाको  जीवन बचाउन दाङका एक्काइस वर्षे छोरा सडकमा

Written By Unknown on Saturday, July 30, 2016 | 8:03 PM


साउन १६, दाङ । अस्पतालको  शै य्यामा मृत्युसँग जुधिरहेकी आमाको  जीवन बचाउन दाङ लमही नगर पालिका वडा नं. ११ लमही निवासी २१ वर्षीय छोरा महेश थापा सडकमा आइपुग्नु भएको  समाचार नयाँ युगबोध दैनिकले छापेको छ  ।
‘आमाको  दुबै  मृगौलाले  काम गर्दैन, अहिले  अस्पतालमा हुनुहुन्छ, तपाइँले  केही सहयोग गर्न सक्नुहुन्छ’– यस्तै  अनुरोध गर्दै  अस्पतालले  दिएको  जानकारी पत्र, लमही नगर पालिकाको  सिफारिस देखाउँदै  आर्थिक संकलनमा जुट्नुभएको  छ ।

४५ वर्षकी आमा श्यामकला रोकालाई बचाउन छोरा सडकमा सहयोग माग्दै  हिँड्नु भएको  छ । जन्मदिने  आमालाई बचाउन सडकमा पैसा माग्दै  हिँड्दा महेशलाई कुनै  हीनताबोध छैन । ‘आमाको  दुबै  मृगौला फेर्न सके  भने  यही मेरो  लागि ठूलो  धर्म हुनेछ’– थापाले  भन्नुभयो – ‘आमाको  मृगौला फेर्न गर्न १५, २० लाख लाग्छ रे , अहिले  सम्म जम्मा डेढ लाख जति संकलन गरे को  छु ।’उपचार  खर्च जुटाउन धेरै  मान्छे सँग उहाँको  भेट भयो ।

तर , यही समाजमा पनि कोही दानी मान्छे  छन् भने  कोही मतलवी । दुईवटै  मृगौला फेल भएपछि आमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा दुई महिनादेखि उपचाररत हुनुहुन्छ । जेठो दाई नेपाली सेनामा हुनुहुन्छ, दाईले कमाएको पैसा, घरमा भएको पैसा सवै खर्च भैसक्यो ।’

दाईको तलवले आमाको रोग निको पार्न नसकेपछी कान्छो छोरा सहयोग माग्दै हिड्नु परेको हो । ‘आमालाई वचाउन म सडकमा आईपुगेको हुँ, यो समाजमा धेरै दानी मान्छेहरु छन् भन्ने सुनेको छु, मेरो आमालाई वचाउन यो समाजका दानी मान्छेहरुले सहयोगको खाँचो छ, आशा मारेको छैन्’उनले याचना गर्दै भने-‘आमाको जिवन वचाउन चाहन्छु ।’

एक लाख रुपैयाँ सरकारले दिने भनेर नगरपालीका र जिल्ला जनस्वास्थ्य कार्यालय वाट सिफारिस वनाउनु भएका उहाँले अप्रेसन पछी मात्रै त्यो रकम प्राप्त हुने वताए ।‘सरकारले दिने भनेको रकम पनि अझै आएको छैन्, अहीले सम्म चार लाख रुपैयाँ उपचारमा खर्च भैसक्यो’ उनले भने –‘वाँकी उपचारकालागी चाहिने खर्च कहाँ वाट जुटाउने ? यस्तै प्रश्नको उत्तर खोज्न सडकमा आएको हुँ ।’

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger