|
|
रुकुम जिल्लाको श्यालापाखा २ भूरुङ्गा निवासी दिलिप पुन र हिमा पुनको पहिलो सञ्तानको रुपमा असार २५ गते जन्मिएका विवश पुन जन्मजात भने धनुस्टङ्कारका विरामी थिएनन् । अभिभावकको अज्ञानता र असावधानीका कारण सिशु धनुस्टङकारबाट ग्रसित बनेका थिए ।
बच्चा गर्भमा हुँदा आमा हिमाले धनुस्टङ्कार विरुद्ध लगाउनु पर्ने खोपको मात्रा पुरा नलगाउनु र बच्चाको नाभि खियालागेको हँसियाले काटेका कारण विवश पुन धनुस्टङकारवाट ग्रसित बनेको तुलसी हस्पिटलका सञ्चालक एवं वालरोग विशषेज्ञ डा. किशोर खत्रीले जानकारी दिए ।
उनले भने ‘ आमाले बच्चा गर्भमा हुँदा दुईवटा खोप लगाउनु अनिवार्य हुन्छ तर, हिमाले एउटै खोपलगाएको पाईयो र अस्पताल लैजाँदै गर्दा विवश वाटोमै जन्मिएपछि साथमै रहेको हँसियाले विवशको नाभि काटिएको रहेछ । त्यसैवाट विवशलाई धनुस्टङकार भयो ।’ डा. खत्रीले थपे ‘यति सम्मकी धनुस्टङकार भन्ने रोग के हो र कसरी सर्छ भन्ने समेत उहाँहरु जानकारी नै रहेनछ ।’
अभिभावकमा भएको सचेतनाको कमिले सिशु मृत्युको मुखमा पुगेको विवश पुनलाई ठूलो मेहनतले बचाउन सफल भएको डा. खत्रीले पत्रकारहरुलाई बताए । सिशु विवशकी आमा हिमाले पुनले जिल्ला अस्पताल सल्ले रुकुले बच्चा कुनै हालतमा बाँच्न नसक्ने भन्दै घर लैजान भन्दै विदा दिएको भएपनि मनले नमानेर दाङ ल्याएको जानकारी दिइन । उनले भनिन् ‘ सल्ले अस्पताले यही रोग हो भनेर पहिचान त गर्न सकेन तर, बच्चा कुनै हालतमा बाँच्दैन भन्दै घर लैजान भन्यो ।
त्यसको थप तीन दिन हामी घरमा विरामी बाबु हेरेर रुँदै बस्यौ ।’ हिमाले थपिन ‘ पहिलो सञ्चान नै गुम्ने भयो भन्ने ठूलो चिन्तामा थियौं तर, पनि साश छँदासम्मको आश भनेझै हामी कोहरपुर लैजान भनि बाटोमा हिड्दै थियौं , सानी भेरी एफएमले दाङ तुलसीपुरको तुलसी हस्पिटका बारेमा विज्ञापन बजाइरहेको थियो । त्यही सुनेर हामी तुल्सी हस्पिटलमा झिनो आशा बोकेर आएका थियौं ।’
उनले मृत्युको मुखवाट आफनो छोरालाई पुर्नंजीवन दिएको प्रति डा. किशोर खत्रीलाई भगवानको संज्ञा समेत दिइन । उनले विवश जन्मेको १५ दिनपछि दुध चुस्न छोडेको , कडा हुने र तन्कने गर्न थालेको जानकारी दिइन । खोक्दा पुरै शरिर कहिले कालो र कहिले पुरै पहँलो हुने, श्वासप्रश्वास पुरै रोकिने अनि लामो समय पछि बल्ल श्वास फेरेको जस्तो देखिने समस्या आफनो छोरा विवशमा लक्षण देखिएको विवशका बावु दिलिप पुनले बताए ।
सिशु उपचार यसरी संभव भयो – डा. खत्री
डा. किशोर खत्रीले आफूले सिशुको अवस्था देख्ने वित्तिकै उसलाई धनुस्टङकार भएको पहिचान गरेपछि तत्काल उपचार थालेको बताए । बच्चाको अवस्था परिक्षण गरेपछि बचाउन सक्छु कि भन्ने विश्वास पलाएपछि आफूले एनआइसियुमा राखेर उपचार थालेको उनले बताए ।
डा. खत्रीले धनुस्टङकार विरामीहरुको दुस्मन उज्यालो, मानिसको स्पर्ष र मानिस वा कुनै पनि बस्तुको आवाज हुन भन्ने राम्रो ज्ञानभएकोले सिशुलाई पुरै अध्याँरो डिव्वामा राखेर कृतिम श्वाँसप्रश्वास दिएर सिशु बचाउन सफल भएको बताए । उनले धनुस्टंकारको औषधि (टिटासन इम्यिूनो ग्लोगुलिन) नामक औषधी ल्याउन भारत पठाएर उक्त औषधी दिएर विवशलाई बचाउन सफल भएको बताए ।
उज्यालो , स्पर्ष र आवाज विहिन अध्याँरो डिव्वामा १० दिन सम्म राखेर उपचार गरेपछि विवशलाई जोगाउन सकेकोमा उनले खुसीपनि साटेका थिए । उनले भने ‘ विवशको शरिर धनुष आकारको रुपमा परिणत भइसकेको थियो तर, छुनपनि नमिल्ने , छोयो कि काँप्न थाल्ने , बोल्यो कि उसको श्वास्थ्य जोखिममापर्ने , उज्ज्यालो पनि देखाउनै नहुने निकै मेहनतले जोगाउन सकियो ।’
उनले आफूले तुलसी हस्पिटल सुरु गरेयता तीनवटा मात्रै धनुस्टङकारका विरामी आफूकहाँ आएको बताए । तर यसअघिका दुईवटा विरामी आफूकहाँ भेन्टिलेटर नभएकोले काठमान्डौ वा विदेशमा रेफर गरेको उनले बताए । तर पछिल्लो समय अस्पतालमा भेन्टिलेटरको सुविधा थपिएपछि अव सबैखालका उपचार आफूकहाँ संभव भएको उनले बताए । उनले धनुस्टङकार विश्ववाटै उन्मुलनको अवस्थामा रहेकोले यस्ता नव सिशु धनुस्टङकारका विरामी फेला पर्नू र यसरी उपचार संभव हुनु दर्लभ घटना भएको बताए । तुलसीपुर अनलाइनबाट
Post a Comment