Headlines News :
Home » » करिना कपुरले गरेका १० गल्ती

करिना कपुरले गरेका १० गल्ती

Written By Unknown on Friday, June 19, 2015 | 2:04 AM


एजेन्सी ।“यस्तो कुनै पनि अभिनेत्री छैन होला जसले मैले जति फिल्म छोडेको होस् । मैले आफ्नो करिअरमा थुप्रै फिल्म अरु हिरोइनलाई छोडेकी छु । मलाई लाग्छ म पागल हो ……म कुनै फिल्म गर्न चाहिन भने म गर्दिन बरु म घरमै बस्छु, पार्टी गर्छु वा अरु नै गरेर विताउँछु ।”

यो भनाइ हो बलिउड अभिनेत्री करिना कपुरको । अहिले बेरोजगार हुन थालेकी कुनै बेलाकी सुपरस्टार करिना कपुरले करिअरका क्रममा गरेका १० गल्ती कुन् कुन् ?



१ फिल्म ‘कहो ना प्यार है’ मा करिना कपुरलाई साइन गरिएको थियो । तर करिनाले शुटिङ गर्न शुरु गरेपछि छोडेको रोल अमीषाले पाइन् । जुन पछि सुपरहिट बन्न पुग्यो ।

२ सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’मा करिनालाई अफर आएको थियो तर करिनासँग कुरा नमिलेपछि ऐश्वर्या यो फिल्मबाट चम्किने मौका पाइन् ।

३ टाइम म्यागजिनमा १० वर्ष सम्म १० उत्कृष्ठ फिल्म बनिरहेको ‘ब्ल्याक’ र २ नेशनल अवार्ड जित्ते फिल्म पनि करिनाले अस्वीकार गरिन् र पछुताइन् ।

४ सञ्जय लीलाभन्सालीले आफ्नो सुपरहिट फिल्म ‘राम लीला’ मा पनि करिनालाई लिड रोल अफर गरेका थिए । तर करिनाले यो रोल मन नपरेको भन्दै अस्वीकार गरिन् तर त्यही फिल्ममा दिपीका र रणबीरले धमाका गरे ।

५ गत वर्ष थुप्रै अवार्ड पाएको ‘क्वीन’ मा पनि करिनालाई अफर आउको थियो । करिनाले अस्वीकार गरेपछि कङ्गनालाई प्राप्त यही फिल्मबाट उनले बेष्ट एक्ट्रेस अवार्ड जितिन् ।

६ फिल्म ‘कल हो ना हो’ मा नैनाको रोल अफर पाउँदा करिनाले अस्वीकार गरिन् । यही फिल्मले प्रिती जिन्टालाई सुपरहिट बनायो ।

७ फिल्म ‘दिल धडकने दो’ मा करिना कपुरले महत्पूर्ण रोलमा अफर पाउँदा करिनाले अस्वीकार गरिन् । उनले आफू यस्तो फिल्म नखेल्ने बरु लामो जिन्दगीमा अरु नै काम गर्ने भनेर अस्वीकार गरेको फिल्म पनि ब्लकबस्टरमा राम्रै गर्ने देखिएको छ ।

८ मधु भण्डारकरको फिल्म ‘फ्याशन’ मा करिनाले अस्वीकार गरेको रोलमा प्रियंका चोपडा भने सुपरस्टार बनिन् ।

९ करिनाले प्रेस ट्रष्ट अफ इण्डियासँगको अन्तर्वार्तामा आफूले फिल्म ‘शुद्धी’ छोडेर कुनै गल्ती गरेको जस्तो नलागेको बताएकी थिइन् । तर पछि त्यही शुद्धीले उनलाई पछुताउन पार्‍यो ।

१० शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’ मा लिड रोल पाएर अस्वीकार गरेकी करिनालाई पछुतो मात्र भयो ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger