Headlines News :
Home » » चीनले बनायो अमेरिकी मिसाइल विफल पार्ने आणविक हतियार

चीनले बनायो अमेरिकी मिसाइल विफल पार्ने आणविक हतियार

Written By Unknown on Friday, June 19, 2015 | 2:10 AM


जेठ ३१ , चीनको रक्षामन्त्रालयले अत्याधुनिक आणविक हतियारको सफलतापूर्वक परीक्षण गरिएको विवरण सार्वजनिक गरेको छ ।
रक्षामन्त्रालयले आणविक हतियारले लैस हुने सुपरसोनिक न्युक्लियर डेलभिरी मेसिनको सफलतापूर्वक परीक्षण गरिएको पुष्टि गरेको हो ।
अमेरिकासँग जारी दक्षिण चीन सागरको तनाव बढिरहेका बेला चीनले अमेरिकी मिसाइललार्इ असफल बनाउन सक्ने यो आधुनिक हतियारको केही दिनअघि सफलतापूर्वक परीक्षण गरेको हो ।
यो हाइपरसोनिक हतियार अत्याधुनिक सुविधासहितको सामरिक हतियार हो । यो हतियारले अमेरिकी मिसाइलबाट बचाउने क्षमता राख्ने चिनियाँ अधिकारीले जनाएका छन् ।
यो हतियारको सफल परीक्षण बिहीबार गरिएको हो । यो परीक्षणलार्इ अमेरिकी रक्षा मन्त्रालयले 'डब्लुयु १४' कोड नाम दिएको छ । चीनको पिपुल्स लिबरेसन आर्मीले १८ महिनायता यो हतियारको  १८ महिनामा चौथो पटक सफल परिक्षण गरेको हो ।
हङकङबाट प्रकाशित हुने पत्रिका साउथ चाइना मर्निङ पोस्टमा छापिएको चिनियाँ गृह मन्त्रालयको विज्ञप्तीमा जनाइएअनुसार यसलार्इ सामान्य परीक्षणका रुपमा लिइएको छ ।
'हाम्रो क्षेत्रमा यो वैज्ञानिक अनुसन्धान र परीक्षण सामान्य हो', गृहमन्त्रालयले भनेको छ, 'यस परीक्षणको कुनै उद्धेश्य र कुनै देशविरुद्ध लक्षित छैन ।'
तर मिलिट्री मिलिट्री अब्जर्भर्सले भने यो किसिमको निरन्तर परीक्षणलार्इ दक्षिण सागरमा अमेरिकाले गरिरहेको हस्तक्षेपको जबाफ दिन बेइजिङ आफ्नो परमाणु क्षमतालार्इ बलियो बनाउनतर्फ लागेको प्रष्ट भएको उल्लेख गरेको छ ।
चीनको यो परीक्षणबारे सबैभन्दा पहिला समाचार प्रकाशति गर्ने अमेरिकी वेबसाइट वासिंङ्टनन फ्रिका बेकनले यो हतियार एकदमै बलियो र क्षमतायुक्त सामरिक हतियार भएको दाबी गरेका छन् ।
यो हतियारले एकैसाथ परमाणु पारम्परिक हतिषार पठाउने क्षमता राख्छ । यो हतियारको खास विशेषता भनेको यसले अमेरिकी मिसाइलबाट आफ्ना सेना र नागरिकलार्इ बचाउनसक्ने क्षमता राख्छ । 'डब्लुयु-१४' को गति ध्वनिको भन्दा पनि १० गुणा बढी अर्थात ७ हजार ६ सय ८० माइल प्रतिघन्टा रहेको छ । - ऐजेन्सी

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger