Headlines News :
Home » »

Written By Unknown on Sunday, July 5, 2015 | 7:46 AM




यसपटक मर्न तयार छु तर झुक्न तयार छैन : प्रचण्ड

काठमाडौं, प्रमुख विपक्षी दल एमाओवादी नेतृत्वको तीस दलीय मोर्चाले राजधानीको खुलामञ्चमा गरेको आमसभामा प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तापक्ष जनताका अगाडि झुक्नैपर्ने भन्दै आफू यसपटक मर्न तयार रहेको तर झुक्न तयार नरहेको उद्घोष गरेका छन् ।

‘आफ्ना गल्तीहरु सच्चाउनोस्, शान्ति सम्झौतालाई मान्नोस्, संविधानसभा र संविधानसभाबाहिर भएका दलहरुलाई सँगै लिएर अगाडि बढनोस्’– प्रचण्डले भने ।


उनले बल काङ्ग्रेस–एमालेको कोर्टमा रहेको भन्दै सत्तापक्षीय दलहरुले जनतासँग गल्ती गरेको स्वीकार्नुपर्नेमा जोड दिए । ‘जनतासँग माफी माग्न लाज मान्नु पर्दैन’– उनले भने ।

दलहरुका बीच गतिरोध जारी रहेको र त्यसलाई फुकाउन संवाद समितिलाई पुनः क्रियाशील बनाउनुपर्नेमा पटकपटक जोड दिएका प्रचण्डले भने– ‘सहमति चाहनुहुन्छ अथवा फेरि लड्न चाहनुहुन्छ ? बल तपाईंहरुकै कोर्टमा छ ।’ उनले भने– ‘संवाद–सहमतिबाट हो भने ठीक छ, नभए कसले के देखाउँछ, भोलि हेर्नुहोला ।’

उनले काङ्ग्रेस–एमालेले ‘जङगेले जे बोल्यो, बोल्यो’ भन्ने शैलीमा अगाडि बढ्ने हो भने जनताले पूरै सत्ता आफ्नो हातमा लिने चेतावनी दिए ।
‘सहमति चाहनुहुन्छ अथवा फेरि लड्न चाहनुहुन्छ ? बल तपाईंहरुकै कोर्टमा छ ।’ उनले भने– ‘संवाद–सहमतिबाट हो भने ठीक छ, नभए कसले के देखाउँछ, भोलि हेर्नुहोला ।’

सत्तापक्षीय दल काङ्ग्रेस–एमालेलाई विश्वास गरेर आफूले ठूलो भूल गरेको भन्दै अब त्यस्तो भूल नदोहोर्याउने बताए । सहमतिमार्फत पहिचानसहितको संविधान निर्माण गर्नुपर्ने र बहुमतीय प्रक्रियाबाट संविधान निर्माण गर्नु नहुने भन्दै एमाओवादी नेतृत्वमा मधेशी, जनतजाति दलहरु आन्दोलनमा छन् ।

३० मिनेट लामो आफ्नो भाषणमा प्रचण्डले यसअघि खुलामञ्चमा गठबन्धन मोर्चाले गरेका सभा, ‘सरसल्लाह–सभा’ मात्रै भएको र त्यसलाई काङ्ग्रेस–एमालेले नटेरको स्मरण गर्दै अहिलेको सभालाई उलने ‘खबरदारी–सभा’ को सङ्ज्ञा दिए ।

उनल भने– ‘यस अघिको सरसल्लाह सभालाई उनीहरुले टेरेनन्, यो खबरदारी सभा हो । यदि संविधानसभालाई साझा सङ्घर्षको परिणाम मानिएन भने अबको हाम्रो सभा ‘विद्रोह–सभा’ हुने छ ।’

उनले खबरदारी सभालाई काङ्ग्रेस–एमालेले कुन रुपमा लिन्छन्, भोलि र पर्सी हेर्ने भन्दै यदि सत्तापक्षीय दलहरु नझुके यस्ता सभा प्रत्येक जिल्लाहरुमा हुने र त्यसले सदरमुकाम कब्जा गर्ने बताए ।

उनले गठबन्धनका दलहरुले ‘प्रचण्डले खुट्टा कमाउँछन्’ भन्ने गरेको स्मरण गर्दै आफूले खुुट्टा कमाएको नभई ‘सहमतिका लागि लचक मात्र भएको’ प्रस्ट्याए र भने– ‘मैले खुट्टा कमाएको होइन, सहमति होस् भन्ने चाहेको हो । हुन त मैले पनि गल्ती गरें, एमाले–काङ्ग्रेसलाई बढी विश्वास गरियो । त्यही नै मेरो कमजोरी हो ।’

‘मैले खुट्टा कमाएको होइन, सहमति होस् भन्ने चाहेको हो । हुन त मैले पनि गल्ती गरें, एमाले–काङ्ग्रेसलाई बढी विश्वास गरियो । त्यही नै मेरो कमजोरी हो ।’

प्रचण्डले सुशील कोइराला नेतृत्वको सरकारको चर्को आलोचना गर्दै अहिलेको सरकार प्रमुखले नै सरकारलाई भ्रष्ट भनेको तर न त ती मन्त्रीलाई कारबाही गरिएको न त आफूले राजीनामा दिएको भन्दै त्यसको आलोचना गरे ।

‘जनताका अगाडि लाज मान्नु पर्दैन । भ्रष्टाचार अहिलेको जति कहिल्यै भएन भनेर प्रधानमन्त्री भन्नुहुन्छ । तर, कारबाही पनि नगर्ने र राजीनामा पनि नदिने के हो यो ?’ उनले प्रश्न गरे ।

प्रचण्डले आफ्नो भाषणका क्रममा बलात्कारीलाई फाँसी दिनुपर्ने कानुन नेपालमा ल्याउनुपर्ने उल्लेख गरे । ‘जनता जागेका बेला आफैं कानुन बनाउने गर्छन्, त्यस्ता बलात्कारीलाई फाँसी दिने कानुन ल्याए के हुन्छ ?’– उनको प्रश्न छ ।

प्रचण्डले शान्तिपूर्ण जुलुसमाथि शनिबार सरकारले तीव्र दमन गरेको भन्दै त्यसलाई ‘सरकारको कायरतापूर्ण कदम’ भने । ‘यो सरकारको कायरतापूर्ण कदमको उपज हो, म यसको घोर भर्त्सना गर्दछु ।’

‘मैले यसअघि नै मधेशबाट आउने साथीहरुलाई विभिन्न बहानामा रोक्न खोजिँदैछ भन्ने रिपोर्ट पाएको थिएँ तर आज सरकारले आफ्नो कायरताको नाङ्गो रुप राजधानीमै देखायो’ उनले भने ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै एमाओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले प्रतिक्रियावादी शक्तिले ‘०४७ सालको संविधान ल्याउन’ संविधानसभा कब्जा गरेको भन्दै त्यसको चर्को आलोचना गरे । सत्तापक्षीय दलहरुले जनताको आवज नसुनेको धारणा राख्दै उनले ‘सत्ताधारीका आँखा खराब भएको’ बताए ।

जनता आफ्नो अधिकार प्राप्तिको आन्दोलनबाट कुनै हालतमा नझुक्ने भन्दै उनले भने– ‘बाघ भोकै भयो भन्दैमा घाँस खाँदैन, जनताले ल्याएको अधिकार कुण्ठित भयो भनेर जनता चूप लागेर बस्दैन ।’

संविधानसभाको निर्वाचन पछाडि मुलुकमा ‘आर्थिक क्रान्ति गर्न चाहेको’ बताउँदै भट्टराईले त्यसलाई ‘प्रतिगामी शक्तिले आफ्नो कब्जामा लिएकाले’ राजनीतिक आन्दोलन पूरा नगरीकन आर्थिक क्रान्ति पूरा नहुने धारणा राखे । साभार: खबरडबलीबाट 


Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Pal Pal Ko Samachar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger