|
|
काठमाडौँ - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले रत्न ढकालको अध्यक्षतामा नयाँ नेतृत्वको घोषणा गरेको छ ।
अनेरास्ववियु (क्रान्तिकारी)को दोस्रो बैठकको निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सङ्गठनको महासचिवको जिम्मेवारी उत्तम अधिकारीले पाए ।
त्यस्तै, उपाध्यक्ष त्रयमा वीरेन्द्र बस्नेत, खुसीराम चौधरी र सेवन्तराज भण्डारी रहनुभएको छ । सचिवमा पद्म खत्री र कोषाध्यक्षमा राम नेपालीलाई तोकिएको छ ।
सदस्यहरुमा सुशीला चौधरी, राजु राई, विजय भट्टराई, विष्णु सुब्बा, कमल न्यौपाने, कृष्ण अधिकारी, बिनी शाही र दिनेश रेग्मी छन ।
नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको प्रमुख आतिथ्यमा भएको बैठकले सङ्गठनात्मक र निजी तथा सामुदायिक विद्यालयबारे निर्णय लिनुका साथै आगामी साउनको पहिलो हप्तादेखि सामुदायिक विद्यालय केन्द्रित सङ्घर्ष अघि बढाउने निर्णय गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।
नवनिर्वाचित अध्यक्ष ढकालले निजी विद्यालयले शिक्षा मन्त्रालयसँग भएका १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै सहमति कार्यान्वयन नगर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिए ।
Post a Comment